विभिन्न परिषद्, अस्पताल र बोर्डका पदाधिकारी नियुक्तिका लागि संक्षिप्त सूची सार्वजनिक
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विभिन्न परिषद्, अस्पताल तथा बोर्डहरूमा रिक्त रहेका पदाधिकारी पदहरूको नियुक्तिका लागि संक्षिप्त सूचीमा परेका उम्मेदवारहरूको नामावली सार्वजनिक गरेको छ।
मन्त्रालयले गठन गरेको पदाधिकारी सिफारिस समितिको निर्णयअनुसार नेपाल नर्सिङ परिषद्को अध्यक्ष, उपाध्यक्ष र रजिस्ट्रार, स्वास्थ्य बिमा बोर्डको अध्यक्ष तथा सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक पदका लागि आवेदन दिएका उम्मेदवारहरूको मूल्याङ्कन गरी वर्णानुक्रमअनुसार सूची प्रकाशन गरिएको हो।
सूचीमा नेपाल नर्सिङ परिषद्को अध्यक्षका लागि ७ जना, रजिस्ट्रारमा ७ जना र उपाध्यक्षमा ५ जना छनोट भएका छन्। यस्तै, स्वास्थ्य बिमा बोर्डको अध्यक्षका लागि ५ जना र सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशकका लागि ७ जना उम्मेदवारहरू सर्टलिस्टमा परेका छन्।
सूचनाअनुसार छनोट भएका उम्मेदवारहरूको कार्यविधिमा उल्लेख गरिएका आवश्यक कागजातहरूको सक्कल प्रतिसहित प्रस्तुतीकरण तथा अन्तर्वार्ताको मिति र समय समेत तय गरिएको छ।
सिंहदरबारस्थित स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा हुने उक्त अन्तर्वार्ता कार्यक्रम आगामी २०८३ साउन १ गते बिहान १० बजे स्वास्थ्य बिमा बोर्डको अध्यक्ष पदको प्रस्तुतीकरणबाट सुरु हुनेछ।
यसैगरी साउन ४ गते सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक, साउन ५ गते नेपाल नर्सिङ परिषद्को अध्यक्ष, साउन ६ गते उपाध्यक्ष र साउन ७ गते रजिस्ट्रार पदका उम्मेदवारहरूको अन्तर्वार्ता तोकिएको छ।
मन्त्रालयले सम्बन्धित सबै उम्मेदवारहरूलाई तोकिएको समयमा उपस्थित हुन आग्रह गर्दै अन्य निकायका पदाधिकारीहरूको छनोट सम्बन्धी विवरण पनि क्रमशः प्रकाशित गर्दै जाने जनाएको छ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीउको उत्पादन, बिक्री–वितरण र नियमन प्रभावकारी बनाउन बीउविजन नियमावली संशोधन
-
उत्तरी गाजामा इजरायली हवाई आक्रमण, सात प्यालेस्टिनीको मृत्यु
-
युवा संघका सचिवालय सदस्य बमसहित २४ जना जुवाखालबाट पक्राउ
-
युरो कप र नेसन्स लिगको सेमिफाइनलमा फ्रान्सलाई हराएको शैली नै अपनाउने स्पेनको रणनीति
-
विश्वविद्यालयमा दलीय राजनीति अन्त्य गर्ने उपकुलपतिहरूको प्रतिबद्धता
-
फाइनलसरह फ्रान्स र स्पेन भिडन्तः यस्तो छ सम्भावित टोली र पूर्वानुमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण