मुख्यमन्त्री भलिबल कपः ४ समूह फाइनल प्रवेश
पोखरा । पोखरा जारी मुख्यमन्त्री प्रदेशस्तरीय भलिबल कप प्रतियोगिताको फाइनल समीकरण पूरा भएको छ । शुक्रबार पोखरा रंगशालामा आयोजित महिला तर्फको सेमिफाइलन खेलमा म्याग्दीले तनहुँलाई ३–० को सेटमा पराजित गर्दै फाइनलमा स्थान प्रवेश गरेको हो ।
म्याग्दीले तनहुँलाई २५–११, २५–१९ र २५–१३ सोझो सेटमा पराजित गदै फाइनल चरणमा प्रवेश गरेको हो । दोस्रो सेमिफाइनलमा पर्वतले कास्कीलाई ३–० को सोझो सेटमा पराजित गर्दै म्याग्दीसंग फाइनल खेल्ने चरणमा प्रवेश गरेको हो । पर्वतले कास्कीमाथि २५–१५, २५–२३ र २५–१२ को सेटमा जित निकालेको थियो ।
यता पुरुष तर्फको फाइलन खेलमा तनहुँ र स्याङजा प्रवेश गरेका छन् । पहिलो चरणमा भएको सेमिफाइनल खेलमा स्याङजाले पर्वतलाई २५–१९, २७–२५, २५–२१,२५–१९ को सेटमा हराउँदै उपाधि होडमा स्थान सुरक्षित बनाएको छ । अन्तिम सेमिफाइनल खेलमा तनहुँले म्याग्दीलाई २५–२१,३२–३०, २५–१४, २५–२० को सेटमा पाखा लगाउँदै फाइनल प्रवेश गरेका छ । प्रतियोगिता फाइनल खेल शनिबार हुनेछ ।
प्रतियोगिताको विजेता महिला र पुरुष टोलीले समान २.२ लाख र ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन । उपविजेताले १.१ लाख पुरस्कार प्राप्त गर्ने कास्की जिल्ला भलिबल संघका अध्यक्ष भीम पराजुलीले बताए । त्यस्तै तेस्रो हुने टोलीले ५०÷५० हजार प्राप्त गर्ने छने । प्रतियोगिताको सर्वोकृष्ट खेलाडी, उत्कृष्ट सेटर, डिफेण्डर, स्पाइकर र लिफ्टरले ५–५ हजार पुरस्कार स्वरुप प्राप्त गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण