सकियो ‘चुरीफुरी’को छायाँकन
काठमाडौँ । फिल्म ‘चुरीफुरी’को छायाँकन सकिएको छ । निर्देशक ऋषिराज आचार्यले सामाजिक सञ्जालमा एक स्टाटस पोष्ट गर्दै फिल्मको छायाँकन सकिएको जानकारी दिएका हुन् । आचार्यकै लेखन तथा निर्माण समेत रहेको फिल्ममा अभिषेक श्रेष्ठ, पूजा पन्त, सोना बज्राचार्य, रिन्जिन गुरुङ, रविन्द्र झा, शिशिर भण्डारी, दीपक आचार्य (काकु), सुवोध गौतम (एदुमे), पवन खतिवडा (म्याकुरी), सुरवीर पण्डित, सुनिता श्रेष्ठ, ऋतु आचार्य, लक्ष्मी ढकाल, राजेन्द्र खाती, मनिल तामाङ, महेश्वर आचार्य, कमल सिंह, अस्मिता बस्नेत, तुलसी श्रेष्ठ, रश्मी आचार्य, सरिस्मा मगरलगायतले अभिनय रहनेछ ।
समसामयिक बिषयमा कमेडी मिसाएर निर्माण भएको फिल्म आरबि मुभिजको ब्यानरमा बनेको हो । जसको निर्माता रीना ढकाल समेत रहेकी छन् भने सह–निर्मातामा बिमला भुसाल, राजेन्द्र खाती र शिव थापा छन् ।
राहुल राईको छायाँकन रहेको फिल्ममा भिमफेदी गाइजको कोरियोग्राफी, विजय आचार्यको कला निर्देशन र दीपक शर्माको संगीत, नवीन निरौलाले सम्पादन रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण