तैमुर जन्मँदा करिनाले अस्विकार गरेको नाम अब कान्छो छोराका लागि राख्लिन् ?
बलिउडका स्टार कपल करिना कपुर खान र सैफ अली खान दोस्रो पटक आमाबुवा बनेका छन् । आइतबार करिनाले छोरालाई जन्म दिएकी छिन् । त्यतिबेला देखि नै पटौदी परिवार चर्चामा छ ।
करिना कपुरले आफ्नो दोस्रो छोराको नाम के राख्नेछिन् यसबारे निकै चर्चा छ । सोसल मिडियामा प्रशंसकले थुप्रै नाम पनि सुझाएका छन् । करिनाले जेठो छोराको नाम तैमुर राख्दा पनि निकै चर्चा भएको थियो ।
सैफ करिनाले ट्रोल्सको सामना पनि गर्नुपरेको थियो । तैमुरको नामको विषयमा इन्डिया टुडे कन्क्लेवमा करिनाले भनेकी थिइन्, ‘अस्पताल जानु अघिल्लो रात सैफले छोरा जन्मिएको खण्डमा नाम ‘तैमुर’ नै राख्ने कुरामा तिमी पक्का छौ ?’
‘हामीले नाम फेरेर फैज राख्न सक्छौं । यो बढी पोएटिक र रोमान्टिक छ । तर मैले अस्विकार गरिदिएँ । मैले छोरा भएको खण्डमा तैमुर नै राख्छु भनिदिएँ । मेरो छोरा फाइटर होस् भन्ने म चाहन्छु । तैमुरको अर्थ आइरन हो र म आइरनम्यान जन्माउन चाहन्छु । उसलाई तैमुर नाम दिँदा मलाई गर्व छ ।’
अब सोसल मिडियामा सैफ करिनाले आफ्नो दोस्रो छोराको नाम फैज राख्लान् त भन्ने चर्चा सुरु हुन थालेको छ ।
स्मरण रहोस्, तैमुर अली खानको जन्म सन् २०१६ मा भएको थियो । तैमुर सोसल मिडिया सेन्सेसन हुन् । उनको तस्बिर र भिडियो निकै भाइरल हुन्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण