यी सेलिब्रिटीको चोरी भयो कुकुर, खोजी गरिदिनेलाई ५ करोड बढी इनाम
हलिउड नायिका तथा चर्चित गायिका लेडी गागाको घर बाहिर हमला भएको छ । लस एन्जलसमा लेडी गागाको कुकुर घुमाउने व्यक्ति रायन फिशरमाथि एक व्यक्तिले गोली हानी लेडी गागाका दुई फ्रेन्च बुलडग्स चोरी गरेका छन् । रायनलाई यो हमलापछि अस्पताल लगिएको छ जहाँ उनको स्थिती स्थिर बताइएको छ ।
लस एन्जेलस प्रहरी विभागले एक व्यक्तिलाई राती १० बजे आसपास गोली हानिएको जानकारी दियो । प्रहरीका अनुसार गोली हान्ने व्यक्तिले त्यसपछि दुई फ्रेन्च बुलडग्सलाई आफ्नो सेडान गाडीमा लिएर गए । रिपोर्टका अनुसार यी हमलाकर्ताले सेमी अटोमेटिक ह्यान्डगन प्रयोग गरेका थिए ।
गागाका प्रवक्ताले उनका दुई बुल डग कोजी र गुस्ताव हराइरहेको पुष्टि गरे । यद्यपि, लेडी गागाको तेस्रो कुकुर यो हमलाका बेला त्यहाँबाट भाग्न सफल भएको थियो र यसलाई प्रहरीले गागा भएठाउँ फिर्ता पठाइदिएको छ । गागाले कुकुर खोजेर ल्याइदिने व्यक्तिलाई इनाम स्वरुप ५ लाख डलर अर्थात् ५ करोड ७८ हजार दिइने घोषणा गरेकी छिन् ।
स्मरण रहोस्, गुस्ताव केही समय अघि मात्रै गागा परिवारमा पुगेकी थिइन् । गागा सोसल मिडियामा धेरैजसो आफ्नो कुकुरसँगको तस्बिर सेयर गरिरहन्छिन् । गागाले इनामका लागि एउटा इमेल ठेगाना तयार पारेकी छिन् । कुकुरबारे कुनै पनि प्रकारको जानकारी ....... मा प्रदान गर्न सकिनेछ ।
स्मरण रहोस्, गागा हाल रोममा छिन् र उनी नयाँ फिल्म प्रोजेक्टको तयारी गरिरहेकी छिन् । उनले फिल्म ए स्टार इज बर्नमा आफ्नो अभिनय कला प्रमाणित गरिसकेकी छिन् । यो फिल्ममा उनी ब्रेडली कूपरसँग देखिएकी थिइन् र फिल्मको गीत शेलोका लागि उनले ओस्कर अवार्ड पनि हात पारेकी थिइन् । यसका साथै उनलाई उत्कृष्ट नायिकाका लागि नामांकन पनि गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक दशकभित्र सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
-
परराष्ट्रमन्त्री खनाल र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालबिच भेटवार्ता
-
जुम्लामा मार्सीधान रोपाइँ गरिँदै
-
अनधिकृत रूपमा ‘डाक्टर’ लेख्ने विरूद्ध कारबाही प्रक्रिया अघि बढ्ने
-
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण