क्यालिफोर्नियामा कोभिडबाट ५० हजार जनाभन्दा बढीको मृत्यु
एजेन्सी । कोभिड १९ को सङ्क्रमणबाट अमेरिकाको क्यालिफोर्नियामा मात्र ५० हजार जनाभन्दा बढी नागरिकको ज्यान गएको बताइएको छ । कोभिड १९ महामारीका कारण क्यालिफोर्नियाका ५० हजार ९९१ जना नागरिकको ज्यान गएको अधिकारीहरुले जानकारी दिएको समाचारमा जनाइएको छ ।
यहाँका अधिकारीहरुका अनुसार यो संख्या कोभिड महामारीबाट अमेरिकामा भएको निधनको दश भागको एक भाग रहेको छ । अमेरिकामा पछिल्लो समयमा कोभिड १९ को महामारी केही कमी भएका पनि यो सङ्क्रमणको खतरा भने टरेका छैन । तर क्यालिफोर्नियामा भने यो महामारीको प्रकोप झन् बढ्दो अवस्थामा रहेको पनि बताइएको छ । क्यालिफोर्नियाका स्वास्थ्य अधिकारीहरुले गएको २४ घन्टामा मात्र अमेरिकाको यो राज्यमा कम्तीमा पनि १ हजार ११४ जना नागरिकको ज्यान गएको बताइएको छ ।
त्यसैगरी यहाँका करिब ३४ लाख नागरिकमा यो सङ्क्रमणको प्रकोप रहेको पनि बताइएको छ । बताइएअनुसार अमेरिकामा पछिल्लो तथ्याँकमा जनाइएअनुसार यहाँका कम्तीमा पनि पाँच लाख नागरिकको ज्यान गएको बताइएको छ । अमेरिकी राज्यहरुमा कोभिडका कारण ज्यान जाने राज्यमा क्यालिफोर्नियामा सबैभन्दा धेरै नागरिकको मृत्यु भएको पनि सो तथ्यमा जनाइएको छ । यहाँ गएको दश महिना यता २५ हजार जनाको ज्यान गएको थियो भने पछिल्ला दुई महिनामा यसको दोब्बर मानिसको ज्यान गएको छ ।
यसरी गएको दुई महिना यता नै क्यालिफोर्नियाका नागरिकका लागि सबैभन्दा कष्टकर अवस्था रहेको पनि अमेरिकी सरकारले जनाएको छ । –सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण