संसद पुनःस्थापनापछि सभामुख सक्रिय
काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापनाको फैसला सुनाएपछि सभामुख अग्निप्रसाद सापकोटाको सक्रियता बढेको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते गरेको प्रतिनिधिसभा विघटनको निर्णय सर्वोच्च अदालतले गत फागुन ११ गते बदरको फैसला सुनाएको थियो ।
त्यसपछि सिंहदरबारस्थित संघीय संसद सचिवालयमा सभामुख सापकोटाले विभिन्न कानुन व्यवसायी, संसदीय समितिका सभापति र प्रतिनिधिसभा सदस्यहरुसँग नियमित भेटघाट तथा परामर्श गरेको संसद सचिवालय स्रोतले जनाएको छ ।
सभामुख अग्नि सापकोटाका प्रेस संयोजक श्रीधर न्यौपानेले प्रतिनिधिसभा पुनःस्थापनासँगै सभामुखको सक्रियता बढ्नुलाई स्वभाविक भएको बताए । ‘संसदको नेता सभामुख हुने भएकाले पछिल्लो समय भेटघाट र छलफलहरु स्वभाविक रुपमा बढेका छन्’ ती भेटघाट, छलफल र परामर्शमा प्रतिनिधि सभा बैठकसँगै केन्द्रीत हुने गरेको न्यौपानेले बताए ।
उनले शुक्रबारदेखि नै सभामुखले सरोकारवालासँग छलफल र परामर्श गरिरहेको जानकारी दिए । सरकारले आगामी फागुन २३ गते संसद बैठक आव्हान गर्न राष्ट्रपति समक्ष सिफारिस गरिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण