बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

स्नातक तह तेस्रो वर्षको एनालाइटिकल जोमेट्रीकोे परीक्षा रद्द

आइतबार, १६ फागुन २०७७, १४ : ५१
आइतबार, १६ फागुन २०७७

हेटौंडा । देशैभर स्नातक तह तेस्रो वर्ष शिक्षा शास्त्र संकायको गणित (एनालाइटिकल जोमेट्री) विषयको परीक्षा रद्द भएको छ । परीक्षा नियन्त्रण कार्यालयले गलत प्रश्नपत्र पठाउँदा परीक्षा स्थगित भएको हो । परीक्षा नियन्त्रण कार्यालयले गलत प्रश्नपत्र पठाएको कारण परीक्षा रद्द गरिएको मकवानपुर बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख यम सिलवालले बताए ।

त्रिभुवन विश्वविद्यालय अन्तर्गतको स्नातक तह शिक्षाशास्त्र संकाय तेस्रो वर्षको म्याथ इडि ४३४ (एनालाइटिकल जोमेट्री) विषयको परीक्षाका लागि परीक्षा नियन्त्रण कार्यालयले प्रथम वर्षको प्रश्नपत्र पठाएको मकवानपुर क्याम्पसमा परीक्षा दिन आएका एक विद्यार्थीले बताए ।

मकवानपुरको दुईवटा परीक्षा केन्द्र (हेटौंडा क्याम्पस र मकवानपुर बहुमुखी क्याम्पस) मा स्नातक तहको परीक्षा सञ्चालन भइरहेको छ । परीक्षा नियन्त्रण कार्यालयले कभर अनुसारको प्रश्न पत्र नपठाउँदा परीक्षा रद्द भएको हेटौंडा क्याम्पसका प्राध्यापक अर्पण पराजुलीले बताए । ‘कभर अनुसारको प्रश्नपत्र आएन, कभरको सबै डिटेल ठिक छ, कभरभित्रको प्रश्नपत्र भने अर्कै आएछ,’ उनले भने, ‘यस विषयमा परीक्षा नियन्त्रण कार्यालयमा बुझ्दा गल्ती भएको हो, परीक्षा रद्द गरिएको छ र फागुन २३ गते पुनः परीक्षा हुन्छ भन्ने जानकारी पाइयो ।’

अन्य परीक्षा यथावत रुपमा सञ्चालन भइरहेको उनले बताए । गत वर्ष कोरोनाका कारण सञ्चालन हुन नसकेको परीक्षा हाल सञ्चालन भइरहेको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप