बैंकहरुले अबदेखि विद्युतीय कारोबार प्रर्बद्धनमा खर्च गर्नुपर्ने
आइतबार, १६ फागुन २०७७, १७ : ०७
काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले अबदेखि विद्युतीय कारोबार प्रर्बद्धनमा खर्च गर्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले आइतबार बैंक तथा वित्तिय संस्थालाई जारी गरेको एकीकृत निर्देशिकालाई संसोधन गर्दै सो व्यवस्था गरेको हो ।
निर्देशिकाको बुँदा नम्बर १६ को उपबुँदा ‘क’ मा खण्ड ९ थप गर्दै सो व्यवस्था गरेको हो । यसअघि यस्तो व्यवस्था थिएन । संशोधित निर्देशिकामा भनिएको छ, ‘संस्थागत सामाजिक उत्तरदायित्व कोषमा जम्मा भएको रकमबाट हुने खर्चको बढीमा ५ प्रतिशतसम्म विद्युतीय कारोबार प्रवद्र्धनका लागि खर्च गर्न सकिनेछ ।’
नियामक राष्ट्र बैंकले पछिल्लो समय डिजिटल कारोबारलाई महत्व दिँदै आएको छ । विशेषगरी क्यूआर कोड भुक्तानीलाई जोड दिदै गर्भनर क्यूआर कोडको उद्घाटनमा व्यस्त भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्ट्रेट अफ होर्मुजबारे इरानको अडान कायमै, अमेरिकासँग प्रत्यक्ष वार्ता अस्वीकार
-
सामाजिक स्याहार सुधार्ने बेलायती प्रधानमन्त्रीको प्रतिबद्धता
-
मोटोपनको सिकार भइरहेका छन् इटालीका बालबालिका ?
-
परराष्ट्र मन्त्रालयको गतिविधिले कूटनीतिक इतिहास लेख्न गाह्रो भयो : इतिहासविद् पोखरेल
-
अब धादिङबाट ७ मिनेटमै काठमाडौँ, तीन महिनासम्म निःशुल्क सञ्चालन
-
माडी आउन निकुञ्जभित्रबाट सडक निर्माण हुन्छ : मन्त्री गौतम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण