पोल्याण्डका नेपाली व्यवसायीको हत्यामा २ भारतीय दोषी ठहर
मङ्गलबार, १८ फागुन २०७७, १२ : ५१
शेरबहादुर परियार, पोल्याण्ड । पोल्याण्डमा सन् २०१८ डिसेम्बर २६ मा नेपाली व्यवसायीको हत्या गर्ने २ भारतीयलाई यहाँको अदालतले दोषी ठहर गरेको छ।
नेपाली व्यवसायी ३७ वर्षीय इश्वर श्रेष्ठलाई आफ्नै एभरेष्ट रेस्टुरेन्टमा काम गर्ने दुई भारतीय नागरिकले हत्या गरेको प्रहरी अनुसन्धानले प्रमाणित गरेको छ । वारसास्थित प्रागा जिल्ला अदालत समक्ष हत्याको आरोप स्वीकारेपछि अदालतले उनीहरूलाई क्रमश: १० वर्ष र ८ वर्षको जेल सजाय सुनाएको हो।
कामदार र मालिक बिच भएको आन्तरिक बिबादका कारण श्रेष्ठलाई ती दुई भारतीयले गलबन्दीले घाटीमा बेरेर हत्या गरेको र हत्या पछि स्वयं श्रेष्ठको टाेयाटा कारमा शव राखेका थिए। प्रहरीले श्रेष्ठको शव ३ दिन पछि सन् २०१८ को डिसेम्बर २९ तारिख स्थानीयको सहयोगमा फेला पारेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफा विश्वकप २०२६ः पहिलो हाफमा जर्मनी ३–१ ले अघि
-
हप्ता भरी काम गरेर म बिदाको दिन जिस्किन्छु, यो समस्या हैन: प्रधानमन्त्री बालेन्द्र शाह
-
काइ हाभर्ट्जको पेनाल्टी गोल, पहिलो हाफमा जर्मनी ३–१ ले अघि
-
स्लोटरबेकको गोलमा जर्मनीले लियो २–१ को अग्रता
-
फिफा विश्वकपमा कुरासाओको पहिलो गोल, जर्मनीसँग १-१ को बराबरी
-
राप्ती गाउँपालिकालाई प्रसूति सेवायुक्त पालिका घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण