राष्ट्र बैंकमा डेपुटी गभर्नरको पद खाली, अब को बन्ला ?
मङ्गलबार, १८ फागुन २०७७, १३ : ४३
काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नरहरूले अवकाश पाएका छन् । बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटी र शिवराज श्रेष्ठ दुबैले आजै (मंगलबार) बाट अवकाश पाएका हुन् । सिवाकोटी २०४४ साल र श्रेष्ठ २०४६ सालमा राष्ट्र बैंक प्रवेश गरेका थिए ।
यसअघि यी दुबै गभर्नरको आकांक्षी थिए तर अन्तमा सरकारले लगानी बोर्डको सिइओलाई (महाप्रसाद अधिकारी) राष्ट्र बैंकको गभर्नर बनायो । श्रेष्ठ आफ्नो कार्यकालमा केही विवादित बनेका थिए । तर उनले आफुलाई गभर्नरमा प्रतिस्पर्धा गर्न नदिन विवादित बनाएको अभिव्यक्ति दिँदै आएका थिए । अन्तमा उनले सफाइ पनि पाए ।
सिवाकोटीलाई नेकपा निकट र श्रेष्ठलाई काँग्रेस निकटका रुपमा हेरिने गरिन्छ । राष्ट्र बैंकमा अब डेपुटी गभर्नरको पद खाली भएको छ । राष्ट्र बैंकका सञ्चालक समितिमा डेपुटी गभर्नरहरू सदस्य रहने व्यवस्था छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्ट्रेट अफ होर्मुजबारे इरानको अडान कायमै, अमेरिकासँग प्रत्यक्ष वार्ता अस्वीकार
-
सामाजिक स्याहार सुधार्ने बेलायती प्रधानमन्त्रीको प्रतिबद्धता
-
मोटोपनको सिकार भइरहेका छन् इटालीका बालबालिका ?
-
परराष्ट्र मन्त्रालयको गतिविधिले कूटनीतिक इतिहास लेख्न गाह्रो भयो : इतिहासविद् पोखरेल
-
अब धादिङबाट ७ मिनेटमै काठमाडौँ, तीन महिनासम्म निःशुल्क सञ्चालन
-
माडी आउन निकुञ्जभित्रबाट सडक निर्माण हुन्छ : मन्त्री गौतम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण