कंगना रनौतले इशारा–इशारामा नै साँधिन् दीपिका पादुकोणमाथि निशानाः भनिन्, ‘फाटेको अमेरिकी जिन्स...’
दीपिका पादुकोण बलिउडकी ग्ल्यामरस नायिकामध्ये एक हुन् । दीपिका हालै एक जिन्स कम्पनीकी ग्लोबल ब्रान्ड एम्बेसेडर बनेकी छिन् । यसको एउटा विज्ञापन उनले आफ्नो सोसल मिडिया अकाउन्टमा पनि सेयर गरेकी छिन् । यो भिडियो सार्वजनिक भएपछि अर्को एउटा विवाद निम्तिएको छ । विवाद निम्त्याउने हुन् कंगना रनौत । कंगनाले दीपिकाको नाम नलिइकनै उनीमाथि निशाना साँधेकी छिन् ।
रनौतले आफ्नो ट्वीटमा पुराना जमानाका महिलाको तारिफ गर्दै लेखिन्, ‘यी महिलाले आफ्नो व्यक्तित्व मात्रै झल्काएका छैनन्, आफ्नो पूरा सभ्यता, संस्कृपत र राष्ट्रलाई पनि प्रतिनिधित्व गरे । आजको समयमा यस्ता सफलता पाउने व्यक्तिहरुको तस्बिर खिचिन्छ जो फाटेको जिन्स र रुमालजस्तो ब्लाउज देखाउँछन् जसले अमेरिकी मार्केटिङबाहेक कसैलाई पनि प्रतिनिधित्व गर्दैनन् ।’
कंगनाले यो पोस्टमा तीन महिलाको तस्बिर सेयर गरेकी छिन् जो भारत, जापान र सिरियाका बताइएका छन् । कंगनाले आफ्नो पोस्टमा यी महिलाले आफ्नो पारम्परिक पहिरनमा सन् १९८५ मा यो फोटोसुट गराएको जानकारी दिइन् । कंगनाले दीपिकालाई ट्रोल गर्ने उद्देश्यले यस्तो गरेता पनि यो ट्वीट पछि प्रयोगकर्ताले उल्टै उनलाई ट्रोल गर्न सुरु गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै
-
बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा
-
७७ वटै जिल्लामा रास्वपाको अधिवेशन : कुन जिल्लामा कहिले ?
-
गृहमा सुधनको ‘कमब्याक’ भण्डारीको प्रतिवेदनमा निर्भर !
-
एथलेटिक्समा बागमतीलाई सर्वाधिक स्वर्ण, तीन जुनियर राष्ट्रिय कीर्तिमान कायम
-
अमेरिकी सिनेटले सीमा गस्तीका लागि छुट्ट्यायो ७० अर्ब डलरको अतिरिक्त बजेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण