विद्युतीय भुक्तानीको सीमा बढ्यो, अब कतिसम्म गर्न पाइन्छ कारोबार ?
काठमाडौं । विद्युतीय भुक्तानीको सीमा बढेको छ । नेपाल राष्ट्र बैंकले विद्युतीय भुक्तानीको सीमा संशोधन गर्दै बढाएको हो । पछिल्लो समय विद्युतीय कारोबारलाई जोड दिएसँगै यसको सहजताको लागि राष्ट्र बैंकले सीमा बढाएको हो ।
बुधबार बैंक तथा वित्तीय संस्थाहरूलाई परिपत्र जारी गर्दै राष्ट्र बैंकले मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ (मर्चेन्ट पेमेन्ट र एकाउन्ट ट्रान्सफर) को अधिकतम सीमा बढाएको हो । अब मोबाइल बैंकिङबाट दिनमा दुई लाख रुपैयाँ र इन्टरनेट बैंकिङको अधिकतम सीमा २० लाख रुपैयाँ कायम गरिएको छ । तर, कुनै व्यक्तिको नाममा बैंक तथा वित्तीय संस्थामा रहेको एउटा खाताबाट सोही व्यक्तिको नाममा सोही संस्थामा रहेको अर्को खातामा रकम रकमान्तर गर्दा यो व्यवस्था लागू नहुने राष्ट्र बैंकले स्पष्ट पारेको छ ।
राष्ट्र बैंकले यसअघि २०७६ चैतमा विद्युतीय भुक्तानीको सीमा संशोधन गरेको थियो । राष्ट्र बैंकले मोबाइल तथा इन्टरनेटबाट गरिने कारोवारहरुको अधिकतम सीमा प्रतिदिन एक लाखदेखि १० लाख र प्रतिमहिना १० लाखदेखि ५० लाख रुपैयाँ कायम गरेको थियो ।
नेपाल सरकारको सम्बन्धित कार्यालयमा भुक्तानी गर्नुपर्ने कर, राजस्व, जरिवाना, सवारी दस्तुर, रजिष्ट्रेशन तथा सेवा शुल्क र शुल्क भुक्तानी गर्न पनि रोक नलाग्ने बताइएको छ । यस्तै, विद्युत, दूरसञ्चार, खानेपानी, बीमा प्रिमियम, सामाजिक सुरक्षा भत्ताको भुक्तानी गर्न पनि सीमा तोकिएको छैन ।
शिक्षण संस्था, स्वास्थ्य संस्था, हवाई सेवा, यातायात र होटल तथा रेष्टुरेन्ट कारोबारमा सीमा छैन । यता धितोपत्र व्यवसाय गर्न अनुमतिपत्र प्राप्त धितोपत्र दलालहरुसँग धितोपत्रहरुको कारोबार बापत तोकिएको बैंक खातामा रकमको भुक्तानी गर्न पनि सीमा तोकिएको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्ट्रेट अफ होर्मुजबारे इरानको अडान कायमै, अमेरिकासँग प्रत्यक्ष वार्ता अस्वीकार
-
सामाजिक स्याहार सुधार्ने बेलायती प्रधानमन्त्रीको प्रतिबद्धता
-
मोटोपनको सिकार भइरहेका छन् इटालीका बालबालिका ?
-
परराष्ट्र मन्त्रालयको गतिविधिले कूटनीतिक इतिहास लेख्न गाह्रो भयो : इतिहासविद् पोखरेल
-
अब धादिङबाट ७ मिनेटमै काठमाडौँ, तीन महिनासम्म निःशुल्क सञ्चालन
-
माडी आउन निकुञ्जभित्रबाट सडक निर्माण हुन्छ : मन्त्री गौतम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण