टी–२० क्रिकेट प्रतियोगिताको सेमिफाइनमा पुग्यो पोखरा
पोखरा । अन्तरक्लव टी–२० क्रिकेट प्रतियोगितामा आयोजक टिम पोखरा सुपर जनरल सेमिफाइनलमा प्रवेश गरेको छ । समूह ‘क’ को अन्तिम खेलमा बालुवाटार क्रिकेट क्लव काठमाडौंलाई ४ विकेटले पराजित गर्दै पोखराले अन्तिम चारमा स्थान सुरक्षित पारेको हो । पोखरा रंगशालामा जारी प्रतियोगितामा जित निकाल्दै ४ अंक सहित दोश्रो स्थानमा रहेको पोखरा सुपर सेमिफाइनलमा पुगेको हो ।
खेलमा टस जितर व्याटिङ गरेको बालुवाटारले सोनु तामाङको बिस्फोटक पारीमा १ सय २५ रन जोडेको थियो । १९ बलको समाना गरेको सोनुले ४ छक्का र २ चौका प्रहार गर्दै ३७ रन जोडेका थिए । पारस रावलले पनि ३४ रनको पारी खेलेका थिए ।
१ सय २६ रनको लक्ष्य पछ्याएको पोखराका लागि म्यान अफ द म्याच विधान श्रेष्ठले ४७ रनको महत्वपूर्ण पारी खेले । श्रेष्ठले ४१ बलमा ३ चौका र १ छक्का प्रहार गरेका थिए । त्यस्तै रिजन प्रजुले २७ रन जोडेर टोलीलाई जिततर्फ अग्रसर पारेका थिए । सुरुवाती ब्याट्सम्यान प्रवीण ढकालले १५ रन बनाएका थिए । बालुवाटारका बलर सोनु तामाङले ३ विकेट लिए । पोखराका बलरहरु लालबहादुर अधिकारी र किरण पौडेलले २/२ विकेट लिए भने दिपेश खत्री र गोविन्द प्रधानले १÷१ विकेट लिन सफल भएका थिए ।
यसैबीच बिहीबारदेखि समूह ‘बी’ तर्फको खेल शुरु भएको छ । पहिलो खेलमा पेलिक्याण्ट्स क्रिकेट क्लब तनहुँले बाग्लुङ्ग क्रिकेट क्लबलाई ८ विकेटले पराजित गरेको छ । पहिला व्याटिङ्ग गरेको बाग्लुङ्गले १७ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै मात्रै ४९ रन बनाएको थियो । ५० रनको लक्ष्यमा तनहुँले ५ ओभरमै २ विकेटको क्षतिमा पुरा गर्यो । खेलमा ४ विकेट लिएका तनहुँका कमल थापा म्यान अफ द म्याच भए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो’
-
साताको अन्तिम दिन ११.३७ अङ्कले घट्यो सेयर बजार, कारोबार रकम भने बढ्यो
-
बालेन सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास छैन : कुलमान घिसिङ
-
आयोगले सरकारलाई पठायो निर्वाचन विधेयकको मस्यौदा (पूर्णपाठ)
-
ट्रेड युनियन अधिकार खोसिएको भन्दै बालेन सरकारविरुद्ध जेनेभामा उजुरी गरिने
-
‘बजेटले मनोबल बढाउन खोजेको छ, तर पूर्ण छैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण