न्युजिल्यान्डमा शक्तिशाली भूकम्प
बिहीबार, २० फागुन २०७७, २३ : ३७
एजेन्सी । न्युजिल्यान्डमा बिहीबार शक्तिशाली भूकम्प गएको छ । समाचार एजेन्सी रोयटर्स र एपीका अनुसार ७.२ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पलगत्तै सुनामीको चेतावनी दिइएको छ । न्युजिल्याण्डको राष्ट्रिय आपतकालीन प्रबन्धन एजेन्सीले शक्तिशाली भूकम्प गएको भन्दै सुनामी आउन सक्ने चेतावनी दिएको छ । एजेन्सीले समुद्री तटमा रहेका व्यक्तिहरुलाई ठाउँ छाड्न आह्वान गरेको छ ।
अमेरिकी भूगर्भ विभागले भने सो भूकम्पको तिव्रता ६.९ म्याग्निच्युड माप गरेको छ । विभागले भूकम्पको केन्द्रविन्दु जिस्बन शहरबाट करिब १७८ किलोमिटर टाढाको जमिनको गहिराइमा परेको जनाएको छ । भूकम्पपछिको क्षति विवरण भने आइसकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण