४ लाख ९ हजार मूल्य पर्ने एप्रिलिया एसएक्सआर १६० नेपालमा
पियाजियो र एम.भी. दुगड गु्रपले एप्रिलिया एसएक्सआर १६० सुरू गर्ने घोषणा गरेको छ । जुन अप्रिलिया नयाँ डिजाइन भाषा अन्तर्गत डिजाइन गरिएको पहिलो स्कूटर भएको कम्पनीले जनाएको छ । स्कूटर नेपालको सबै डीलरशिपमा ४ लाख ९ हजार ९०० को आकर्षक प्रारम्भिक मूल्यमा उपलब्ध हुने बताइएको छ ।
यसबारे जानकारी दिन आयोजित कार्यक्रममा पियाजियो इंडियाका अध्यक्ष र प्रबन्ध निर्देशक डिएगो ग्राफी, वरिष्ठ उपाध्यक्ष सुधांशु अग्रवाल साथै एम.भी. दुगड ग्रुपका अध्यक्ष मोतीलाल दुगड, उपाध्यक्ष विवेक दुगड, भाइस प्रेसिडेन्ट विजय महतोको सहभागिता रहेको थियो ।
सो क्रममा डिएगो ग्राफीले भने, “हामी सबै ग्राहकहरुका लागि एप्रिलिया एसएक्सआर १६० लाई धेरै अपेक्षित प्रीमियम स्कूटरको रुपमा प्रस्तुत गर्न पाउँदा खुसी छौं। उत्कृष्ट शैली, उच्च प्रदर्शन र ठूलो विशेषताको प्रतीक यो विशेष गरी इटालीमा डिजाइन गरिएको हो, हामी विश्वास गर्छौं कि यस स्कूटरले नेपालको प्रीमियम टू–व्हीलर बजारमा उच्च मापदण्डहरू सेट गर्नेछ ।’
एम.भी. दुगड ग्रुपका उपाध्यक्ष दुगडले पियाजियो ग्रुपसँग साझेदार गर्दै विश्वस्तरीय भेस्पा र अप्रिलाका प्रीमियम उत्पादनहरू बिक्री वितरण गर्दै आइरहेको बताए ।
नेपालका लागि आधिकारिक विक्रेता एम.भी. दुगड ग्रुपले टू व्हीलरमा अनुशासित ढंगले काम गर्न पाउँदा खुसी भएको पियाजियो ग्रुपका वरिष्ठ उपाध्यक्ष सुधांशु अग्रवालले बताए ।
यस्तै कम्पनीका उपाध्यक्ष विजय महतोले महामारीको बावजुद पनि आफूहरुले राम्रो गर्दै आइरहेका बताए ।
यो स्कुटरमा नयाँ ग्लोबल डिजाइन भाषा समावेश हुनुका साथै एकल सिलिन्डर,४–स्ट्रोक, एयर–कूल्ड,३ भल्भ फीउल ईन्जेक्शन,कम कार्वन इमिसन ईन्जिन टेक्नोलोजी लगाइएको छ । जसले ७१०० आरपीएममा ११ पीएसको पीक पावर उत्पादन गर्नुका साथै उत्तम सवारी अनुभव र उच्च स्तरको आराम प्रदान गर्न ठूलो, लामो, आरामदायी र एर्गोनोमिक सीटहरू रचना गरेको कम्पनीले जनाएको छ । स्कूटर १२ भोल्ट, ५.० एएच. एमएफ ब्याट्रीको साथ र ७ लिटर इन्धन क्षमताको साथ आने पनि बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक स्याहार सुधार्ने बेलायती प्रधानमन्त्रीको प्रतिबद्धता
-
मोटोपनको सिकार भइरहेका छन् इटालीका बालबालिका ?
-
परराष्ट्र मन्त्रालयको गतिविधिले कूटनीतिक इतिहास लेख्न गाह्रो भयो : इतिहासविद् पोखरेल
-
अब धादिङबाट ७ मिनेटमै काठमाडौँ, तीन महिनासम्म निःशुल्क सञ्चालन
-
माडी आउन निकुञ्जभित्रबाट सडक निर्माण हुन्छ : मन्त्री गौतम
-
सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण