निकारागुवाको चिनान्डेगा शहर ज्वालामुखीको धुलोले ढाकियो
मानागुवा । मध्य–अमेरिकी राष्ट्र निकारागुवाको सबैभन्दा अग्लो ठाउँ सान क्रिस्टोबलमा ज्वालामुखी बिस्फोट हुँदा चिनान्डेगा शहर र त्यसको आसपासको क्षेत्रको आकाश धुँवा र धुलोले ढाकिएको छ । स्थानीय सञ्चार माध्यमका अनुसार मङ्गलबारको उक्त बिस्फोट निकै शक्तिशाली रहेको र आकाशमा धुँवा र खरानीजस्तै धुलो १७ किलोमिटरसम्म फैलिएको थियो । सान क्रिस्टोबलमा सामान्यतया वर्षैभरि ज्वालामुखी सक्रिय हुने गर्दछ ।
स्थानीय पत्रकार कारोल अल्टामिरानोले धुँवा र धुलोका कारण किसानको धान, तरकारी र फलफूल तथा गाईवस्तुका चरन सबै खैरो धुलोले ढाकिएको जानकारी दिए । इनेटर अध्ययन इन्स्टिच्युटले ज्वालामुखीको तिब्रता आगामी दिनमा घट्ने र जनजीवनमा त्यति खतरा उत्पन्न नहुने बताएको छ ।
यसपटकको ज्वालामुखी विस्फोटबाट करिब ३० मिनेटसम्म धुँवा र धुलो आकाशमा आएको थियो । सडकमा गुडिरहेका सवारी साधनले प्रकाश मधुरो भएपछि दिउँसै बत्ती बाल्नु परेको थियो । किसानहरुले पानीका स्रोतलाई छोप्नुका साथै गाईवस्तुलाई सुरक्षित स्थानमा लगेका थिए । शहरमा मानिसले छाता ओढ्ने, टोपी लगाउने र अनुहारमा मास्क लगाउने गरेका थिए ।
करिब एक हजार ७४५ अग्लो सान क्रिस्टोबलको ज्वालामुखी क्षेत्र मध्य अमेरिकी क्षेत्रको सातौं हो । यो क्षेत्र राजधानी मानागुवादेखि उत्तरपश्चिम करिब १३२ किलोमिटर टाढा चिनान्डेगा क्षेत्रमा रहेको छ । –एएफपी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वातावरणमैत्री र हरित सडक निर्माणमा सडक विभागको जोड
-
प्रधानमन्त्रीलाई ‘राजदूत बनाइदिन’ म्यासेज गर्दा सचिव कृष्णहरि पुष्कर पक्राउ अनि रिहा
-
पत्रकार महासङ्घद्वारा जेठ २५ देखि असार ५ गतेसम्म दबाबमूलक आन्दोलन घोषणा
-
‘ध्यानबाट मानसिक शान्ति, तनाव व्यवस्थापन तथा सामाजिक सद्भाव प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास’
-
‘रविसँग भारतले ‘समानान्तर कूटनीति’ प्रयोग गरेको हुन सक्छ’
-
सुर्खेत–जुम्ला सडकको दही खोलामा पुल निर्माणका लागि ठेक्का आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण