महाशिवरात्रिको पूर्वसन्ध्यामा पशुपतिनाथ परिसरमा जे देखियो (फोटोफिचर)
काठमाडौं । पशुपति मन्दिर परिसरमा महाशिवरात्रिको चहलपहल बढेको छ । हिन्दु धर्मावलम्बीहरूको मुख्य पर्व मध्येको एक महाशिवरात्रि यस वर्ष भोलि बिहिबार परेको छ । यो पर्वका लागि नेपालका विभिन्न क्षेत्रका साथै भारतबाट साधुसन्तहरू पशुपति मन्दिर परिसरमा आइसकेका छ । केहि बेलुकासम्म आउने छन् ।

हिन्दुहरुका आराध्यदेव पशुपति नाथमा महाशिवरात्रिका दिन विशेष पूजा र भक्तिका लागि देशका विभिन्न भागका साथै भारतबाट समेत साधुसन्तहरू आउने गर्दछन् । यसरी आउने साधुसन्तलाई पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रि सम्पन्न भइसकेपछि दान दक्षिणासहित बिदा गर्ने चलन छ ।

महाशिवरात्रिकै अवसरमा पशुपति क्षेत्रमा विशेष मेलासमेत लाग्ने गर्दछ । पशुपति क्षेत्र विकास कोषले मंगलबार पत्रकार सम्मेलन गरि महाशिवरात्रिको तयारी पुरा भएको बताएको छ । फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यो पर्वमा शिवालयहरुमा भक्तजनको भीड लाग्ने गर्दछ । यस दिन शिवालयमा बेलपत्र चढाउने, उपवास र रात्रि जागरण गर्नाले पुण्य प्राप्त हुने धार्मिक मान्यता छ ।





















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण