बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

जान्ह्वीको फिल्म रुही हेरेर भावुक भए बोनी कपुरः भने, ‘श्रीदेवीलाई गर्व लाग्थ्यो’

बिहीबार, २७ फागुन २०७७, १५ : २२
बिहीबार, २७ फागुन २०७७

बलिउड नायिका जान्ह्वी कपुरको फिल्म आज अर्थात् मार्च ११ मा रिलिज भएको छ । फिल्मलाई हार्दिक मेहताले निर्देशन गरेका हुन् । यसमा राजकुमार राव र वरुण शर्मा पनि मुख्य भूमिकामा छन् । जान्ह्वीका पिता तथा निर्माता बोनी कपुरले फिल्म हेरिसकेका छन् । छोरीको यो फिल्म हेरेर उनी निकै भावुक भएका छन् । 

रुही हेरेर के भन्छन् बोनी ?

स्पटबोयसँग कुराकानी गर्दै बोनीले भने, ‘यो हरर कमेडी जनराको फिल्म हो । वास्तवमा यसमा निकै डरलाग्दा र रोचक दृश्य छन् । अडियन्सले हरर कन्टेटमा हाँसोको डोज पाउनेछन् । मेरो प्रार्थना फिल्मसँग छ । म आशा गर्छु कि अडियन्स फिल्म हेर्न थिएटर्स जानेछन् ।’

बोनीले थपे, ‘जान्ह्वी, राजकुमार राव र वरुण शर्मा रुहीमा शानदार छन् । जान्ह्वी निकै मिहिनेत गरिरहेकी छिन् । उनी हरेक फिल्मसँगै राम्रो हुने चाहना राख्छिन् । उनकी आमा (श्रीदेवी) लाई उनीमाथि गर्भ लाग्थ्यो ।’
स्मरण रहोस् जब जान्ह्वीले बोनी कपुरको फिल्म रुहीबारे बताएका थिए तब उनले तुरुन्त हुन्छ भन्न भनेका थिए । एक अन्तरवार्तामा जान्ह्वीले भनिन्, ‘पापाले यो हरर कमेडी फिल्म हो भन्नुभएको थियो । जुन मिक्सर स्त्रीमा पनि देखिएको थियो ।’

बोनी कपुरको कुरा गर्नुपर्दा उनी चाँडै नै रणबीर कपुरका पिताको भूमिका निभाउनेछन् । लव रञ्जनको प्रोजेक्टमा बोनी रणबीरका पिताका भूमिकामा देखिनेछन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप