कर्णालीमा प्रदेशस्तरीय प्रथम ‘चुली कप’ आयोजना गरिँदै
सुर्खेत । कर्णाली प्रदेशमा निजी क्षेत्रबाट आयोजना गरिएको सर्वाधिक पुरस्कार राशिको भलिबल प्रतियोगिता हुने भएको छ । चुली युवा क्लब सुर्खेतले यही चैत ११ गतेदेखि ‘प्रथम चुली कप पुरुष भलिबल प्रतियोगिता’ को आयोजना गरेको हो ।
क्लबले सोमबार पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताबारे जानकारी दिएको हो । प्रतियोगिताको विजेतालाई दुई लाख, द्वितीयलाई साढे एक लाख, तृतीयलाई एक लाख र सान्त्वनालाई पचास हजार पुरस्कार रहेको आयोजक क्लबका अध्यक्ष महेश जिसीले जानकारी दिए ।
जिसीका अनुसार वेस्ट प्लेयर १५ हजार, वेस्ट स्पाइकर, वेस्ट सेटर, वेस्ट ब्लकर, बेस्ट डिफेन्डर, वेस्ट सर्भर र वेस्ट कोचरलाई जनही सात हजार पाँच सयका दरले पुरस्कार दिइनेछ । प्रतियोगितामा देशैभरका क्लबहरू सहभागी हुन पाउने तर, राष्ट्रिय टिममा रहेका खेलाडीहरु भने समावेश गर्न नपाइने अध्यक्ष जिसीको भनाई छ ।
प्रतियोगितामा सहभागी हुनका लागि यही चैत दश गतेसम्म टिम दर्ता गर्न सकिने क्लबका सचिव कृष्ण जिसीले जानकारी दिए । प्रतियोगिता निजी क्षेत्र र व्यवसायीहरूबाट प्रायोजक राखेर सञ्चालन गर्न लागिएको रेफ्री संयोजक अमरबहादुर चन्दले बताए ।
चन्दका अनुसार खेल लिक कम नकआउट नियमअनुसार सञ्चालन हुनेछ । जिल्ला खेलकुद विकास समिति सुर्खेतका अध्यक्ष चन्द्र गिरीले सरकारी तवरबाट प्रतियोगिता आयोजना गर्न नसकिरहेको अवस्थामा क्लबले गरेको प्रतियोगिताले खेलकुदमा महत्वपूर्ण योगदान पुग्ने बताए । उनले भने, ‘प्रतियोगिता सफल पार्न सबैले सहयोग गर्नु पर्नेछ ।’
यस्तै वीरेन्द्रनगर नगरपालिका ९ नं. वडा कार्यालय सुर्खेतले आज वडाका फुटबल खेलाडीहरुलाई सम्मान गरेको छ । गत फागुन २६ गते वीरेन्द्रनगरमा सम्पन्न प्रथम मेयर कप फुटबल खेलमा प्रथम स्थान हासिल गर्न सफल ९ नं. वडाका खेलाडीहरुलाई नगद रकम र जर्सीसहित सम्मान गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण