परिवर्तनपछि मुलुकमा विदेशी हस्तक्षेप बढ्योः कमल थापा
हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले ०६२/६३ को परिवर्तन पछि मुलुकमा विदेशी हस्तक्षेप बढेर गएको बताएका छन् । राप्रपा हेटौंडा नगर समितिका नवनिर्वाचित कार्य समितिको सपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै थापाले सो कुरा बताएका हुन् । अध्यक्ष थापाले विदेशीको इसारामा लादिएको एजेन्डाले मुलुकको स्वाधीनता कमजोर हुने विचार ब्यक्त गरे।
‘गणतन्त्र ,धर्मनिरपेक्षता र संघीयता विदेशीले बोकाइदिएको भारी हो, विदेशीको स्वार्थपूर्ति गर्न राजनीतिक दल र नेताहरु प्रयोग हुनु दुर्भाग्यपूर्ण भयो’ थापाले भने । नेपालमा सबै शक्ति र विचार अटाउन सक्ने मौलिक व्यवस्थाको आवश्यकता रहेको चर्चा गर्दै थापाले भने ‘अब निषेधको राजनीति अन्त्य गरौ, सबै अट्न सक्ने राजनैतिक प्रणालीको विकास गरौं, जसले मुलुकलाई सबल, समृद्ध र स्वाधीन बनाउन सकोस् ।’ सो अवसरमा राप्रपाका नेताहरु मधु अधिकारी, गणेश थापा, राजाराम बर्तौलाले मुलुकमा बलियो राष्ट्रवादी शक्तिको आवश्यकता रहेकोले जनताको माझमा गएर पार्टीलाई स्थापित गर्नुपर्नेमा जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालविवाह रोक्न कोशी प्रदेशका विद्यालयमा विशेष अभियान
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण