शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

परिवर्तनपछि मुलुकमा विदेशी हस्तक्षेप बढ्योः कमल थापा

बुधबार, ०४ चैत २०७७, १८ : ३१
बुधबार, ०४ चैत २०७७

हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले ०६२/६३ को परिवर्तन पछि मुलुकमा विदेशी हस्तक्षेप बढेर गएको बताएका छन् ।  राप्रपा हेटौंडा नगर समितिका नवनिर्वाचित कार्य समितिको सपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै थापाले सो कुरा बताएका हुन् । अध्यक्ष थापाले विदेशीको इसारामा लादिएको एजेन्डाले मुलुकको स्वाधीनता कमजोर हुने विचार ब्यक्त गरे।

‘गणतन्त्र ,धर्मनिरपेक्षता र संघीयता विदेशीले बोकाइदिएको भारी हो, विदेशीको स्वार्थपूर्ति गर्न राजनीतिक दल र नेताहरु प्रयोग हुनु दुर्भाग्यपूर्ण भयो’ थापाले भने । नेपालमा सबै शक्ति र विचार अटाउन सक्ने मौलिक व्यवस्थाको आवश्यकता रहेको चर्चा गर्दै थापाले भने ‘अब निषेधको राजनीति अन्त्य गरौ, सबै अट्न सक्ने राजनैतिक प्रणालीको विकास गरौं, जसले मुलुकलाई सबल, समृद्ध र स्वाधीन बनाउन सकोस् ।’ सो अवसरमा राप्रपाका नेताहरु मधु अधिकारी, गणेश थापा, राजाराम बर्तौलाले मुलुकमा बलियो राष्ट्रवादी शक्तिको आवश्यकता रहेकोले जनताको माझमा गएर पार्टीलाई स्थापित गर्नुपर्नेमा जोड दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप