सात वर्षपछि चेल्सी च्याम्पियन्स लिगको अन्तिम आठमा, बायर्न पनि पुग्यो
एथ्लेटिको म्याड्रिडलाई हराउँदै चेल्सी सात वर्षपछि च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । पहिलो लेगमा १–० को जीत हसिल गरेको चेल्सीले दोस्रो लेगमा २–० को जीत निकाल्दै अर्को चरणमा आफ्नो स्थान सुरक्षित गर्न सफल रह्यो ।
खेलको ३४ औँ मिनेटमा हाकिम जियेचले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । चेल्सीको घरेलु मैदानमा जियेचको यो पहिलो गोल थियो । दोस्रो हाफको इन्जुरी समयमा एमर्सन पाल्मेरीले अर्को गोल थप्दै चेल्सीको जीत सुनिश्चित गरे ।
त्यसअघि खेलको ८१ औँ मिनेटमा स्टेफन साभिचले रातो कार्ड पाएपछि एथ्लेटिको १० खेलाडीमा सिमित बनेको थियो । नयाँ प्रशिक्षक थोमस टुकलको नेतृत्वमा चेल्सी पछिल्ला १३ खेलमा अपराजित रहेको छ ।
चेल्सीसँगै प्रिमियर लिगबाट यअसघि लिभरपुल र म्यान्चेस्टर सिटी पनि क्वार्टरफाइलनमा प्रवेश गरिसकेका छन् ।

उता, साविक विजेता बायर्न म्युनिख पनि प्रतियोगिताको अन्तिम आठमा प्रवेश गरेको छ । इटालियन क्लब लाजियोलाई समग्रमा ६–२ गोलले हराउँदै बायर्नले क्वार्टरफाइनलमा स्थान बनाउन सफल भएको हो ।
बायर्नलाई जीत दिलाउन फेरि एकपटक रोबर्ट लेवान्डोस्कीले गोल गरे । खेलको ३३ औँ मिनेटमा उनले पेनाल्टीबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए । दोस्रो हाफमा एरिक म्याक्सिम चुपो–मोटिङले दोस्रो गोल थपे । खेलको अन्त्यमा मार्को पारोलोले सान्तवना गोल फर्काए । बायर्नले पहिलो लेग ४–१ ले जितेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण