कविता: भाँडाकुटी
-भुवन रोका “मित्रजी”
खोलाको किनार
एक गिलास धमिलो पानी
दुई चम्चा बालुवा
स्वादिलो चिया
तिमी र म मात्र पिऔँ
आऊ,
भाँडाकुटी खेलौँ
बालुवाको सिंहदरबार
रातो माटोको पर्खाल
झारको छानो
गिट्टी हरुको मन्त्रिमण्डल
सलाईको बट्टाको गाडी
कागजको जहाज
ढुङ्गाहरूका जनता
सम्याउन माटो
चिल्याउन बाटो
दुवै मिली पेलौँ
आऊ,
भाँडाकुटी खेलौँ
तिखारिएको बाँसको छेस्को
निचोरिएको किम्बुको रस
नच्यातिएको सालको पात
नदेखिने अक्षर
नबुझिने शब्द
नपढिने भाषा
संविधान लेखौँ
आऊ,
भाँडाकुटी खेलौँ
खुट्टाको बुढी औँला
गोलो बनाएर खिचिएको रेखा
सुन्दर देश
खोलाको सानो छाल
कठै
अस्पष्ट सिमाना
अलि वर सारेर
फेरी सिमाना खिचौँ
आऊ,
भाँडाकुटी खेलौँ
कुरूप ढुङ्गाहरू
फालेर खोलामा
बेस्वादिला झारहरु
निमोठेर मुन्टामा
नमिलेको अग्लो ढिस्को
मेटाएर अस्तित्व
चिप्लिने सम्म भाग
छोडेर सिमानापारी
तिम्रो र मेरो
जग्गे सजाऔँ
आऊ,
भाँडाकुटी खेलौँ
खोटाङ, नेपाल
हाल: टोकियो, जापान
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
-
तनावबिच अमेरिका–रुस अन्तरिक्ष सहकार्य जारी
-
सन् २०२९ मा युरोपेली सङ्घको जनसङ्ख्या उच्च विन्दुमा पुग्ने, त्यसपछि घट्ने प्रक्षेपण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण