शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

फोहोरले कुरुप बन्दै नगरकोट टावरक्षेत्र

आइतबार, ०८ चैत २०७७, १३ : १७
आइतबार, ०८ चैत २०७७

नगरकोट । कोरोनाका कारण बन्द रहेको पर्यटकीय गतिविधि विस्तार सुुरु हुँदैछ । भक्तपुर र काभ्रेको सीमानामा रहेको सुन्दर पर्यटकीय क्षेत्र नगरकोटमा पनि क्रमशः स्वदेशी पर्यटकहरु देखिन थालेका छन् ।  मुख्यतः प्राकृतिक दृश्य हेर्न चाहनेहरुको लागि नगरकोट निकै मनपर्ने स्थान हो । यहाँबाट जुगल हिमशृङखला, गाउँ बस्ती, इन्द्रावती नदी समेत देख्न सकिन्छ । 

पर्यटकहरुको चाहनाअनुसार तारेदखि सामान्यस्तरका होटल र होमस्टे नगरकोटमा छन् । तर, यहि नगरकोटमा फोहोर व्यवस्थापनमा भने स्थानीय र होटल व्यवसायीलाई सकस छ ।  भक्तपुरको चाँगुनारायण नगरपालिका, काभ्रेको बनेपा र मण्डन देउपुरका साथै काठमाडौं जिल्लाको शंखारपुरको केही भूू–भाग नगरकोट क्षेत्रमा पर्दछ । पूर्वाधार विकासमा भने मण्डन देउपुर र चाँगुनारायण नगरपालिकाले बजेट समेत विनियोजन गर्दै आइरहेका छन् । 

उचित व्यवस्थापनको कार्य नहुदाँ नगरकोटको वन क्षेत्र, वनभोज स्थल र टावर क्षेत्र आसपासमा फोहोर यत्रतत्र देख्न सकिन्छ । फोहोर व्यवस्थापनमा स्थानीय सरकार के गर्दैछ ? भन्ने रातोपाटीको प्रश्नमा मण्डनदेउपुर नगरपालिका वडा नम्बर २ का अध्यक्ष केशवप्रसाद तिमिल्सिनाले काम भइरहेको बताए । 

उनले भने, ‘यो धेरै तिरको संगमस्थल भएकाले केही समस्या भएपनि हाम्रो नगरको तर्फबाट हामी फोहोर व्यवस्थापन कसरी गर्ने भनेर लागेका छौं ।’ पसल व्यवसाय गर्दै आएकाहरूले पनि हरेक आइतबार सरसफाई गर्ने गरेको उनको भनाई रहेको छ । 

नगरकोट पुग्ने आन्तिरक तथा बाह्य पर्यटकहरुको एउटा रोजाइको स्थानटावर, महादेवपोखरी, कफिसप बतासे क्षेत्रमा जथाभावी फ्यालिएको फोहोरले नगरकोट क्षेत्रको सुन्दरतामा कमी ल्याएको छ ।  कतिपय स्थानमा फोहोर फ्याँक्न निर्देशित गरेर डोको राखिएको भएपनि पर्यटकहरुले त्यसको पालना गरेको देखिँदैंन । घुुम्न जाने वा पिकनिक खान नगरकोट जानेहरुले समेत आफ्नो दायित्व भूलेर फोहोर फ्याक्ने गरेको स्थानीयको गुनासो छ ।

नगरकोट भन्दा तल रहेका गाउँहरूको मुख्य पानीको स्रोतनै नगरकोटको वन भएकाले त्यहाँ फोहोर हुँदा गाउँबस्तीमा पिउने गरेको पानी फोहोर हुने मण्डनदउेपुर नगरपालीका– १, ढाडाँगाउँका बिक्रम तामाङ्गको भनाई छ ।  कात्तिके, हलेदे, ढाडागाउँ, रानीवन, गैरीगाउँ, चिते, नयाँगाउँ, घिमिरेगाउँ, सुडाल, नगरकोट, भक्तपुरलगायतका धेरै स्थानको पानीको स्रोतनै नगरकोटको वन क्षेत्र हो । 

नगरकोट नाल्दुम पर्यटन विकाश समितिका अध्यक्ष नविन गुरुङले विगतका वर्षाभन्दा यो वर्ष धेरै फोहोर भएको स्वीकार गरेका छन् । रातोपाटीसँग कुरा गर्दै भने, ‘हामी नेपाली सेनासँग सहकार्य गर्दै फोहोर व्यवस्थापन गर्ने तयारीमा पनि छौं ।’

होटलबाट निस्कने फोहोरलाई भने नीजि क्षेत्रको सहकार्यमा ओखरपौवा ल्यान्डफिल साइटमा लैजाने गरेको उनको भनाई छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप