समितिका सभापति र सभामुख सापकोटाबीच छलफल
काठमाडौं । संघीय संसदका विभिन्न समितिका सभापति र प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाबीच समितिको काम कारबाहीको विषयमा छलफल भएको छ । आइतबार संघीय संसदका विभिन्न समितिका सभापतिहरूले सभामुख सापकोटासँग भेटेर समितिले गरिरहेका काम कारबाहीको विषयमा छलफल गरेका हुन् । गएको साउन ५ गते पछि समिति सभापति र सभामुखबीच छलफल भएको थिएन । यस छलफललाई समिति सभापतिहरूले नियमित छलफलको रुपमा भएको बताएका छन् ।
बैठकपछि बोल्दै राज्यव्यवस्था तथा सुशासन समितिकी सभापति शशी श्रेष्ठले समितिमा रहेका विधेयकको अवस्था र समितिले गरिरहेका काम कारबाहीको बारेमा सभामुखसँग छलफल भएको उनले बताइन् । उनले भनिन्– ‘समितिलाई प्रभावकारी बनाउनु भनेको संसदलाई प्रभावकारी बनाउनु नै हो । र शक्ति पृथकीकरणको सिद्धान्तअनुसार यसलाई कामयावी कसरी बनाउने ? परिणाममुखी कसरी बनाउने, जनमुखी कसरी बनाउने र सिंगो संसदलाई नै प्रभावकारी ढंगबाट कसरी अगाडी बढाउने ? हाम्रो काम मुख्यतया कानुन निर्माण गर्ने कुराहरु भएकाले कानुन निर्माणमा प्रभावकारी हिसाबबाट कसरी जाने ? सम्बन्धित सरोकारवालासँग पनि बहस गरेर जाँदाखेरी त्यसका त्रुटिहरु कमी हुन्छ । कानुनको जनताले स्वामित्व ग्रहण गर्ने जनताले मेरो लागि बनेको हो भन्ने खालको कुराहरु पनि हुन्छ भन्ने सम्बन्धमा व्यापक रुपमा छलफल भयो । र हामीले दिनुपर्ने सुझाव, काम गर्ने शिलशिलामा भोगेका जुन अप्ठ्याराहरूलाई पनि सुधार गरेर कसरी जाने भन्ने कुराहरु भए ।’
सभामुख सापकोटाले सभापतिहरूको राखेका कुराहरुलाई गम्भिरतापूर्वक लिएको बताउनुभएको सभापति श्रेष्ठले जानकारी दिइन् । विगतमा प्रतिनिधिसभाका समितिहरुले एकै विषयमा फरक फरक निर्देशन दिने र अर्को समितिमा विचाराधीन अवस्थामा रहेको विषयमा समेत छलफल चलाएको गुनासो बढेपछि सभामुखले हस्तक्षेप गर्नुपरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उद्घाटन गरेको १० दिनमै भासियो पुल
-
फ्रेन्च ओपनको फाइनलमा पोल्यान्डकी माजा च्वालिन्स्का
-
एआईले बनाएको ‘विश्वकै पहिलो’ खोपको सफल परीक्षण
-
बिदा सकिएर पनि कार्यक्षेत्रमा नफर्कने कर्मचारीलाई ३ दिनभित्र हाजिर नभए कारबाही गर्ने चेतावनी
-
हिमालय एअरलाइन्सद्वारा शेन्जेन–काठमाडौँ सिधा उडान सुरु, एकै दिन आए १७५ चिनियाँ पर्यटक (तस्बिरहरू)
-
आज पनि घट्यो सुनचाँदीको मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण