हर्मन बावेजाको एक गल्तीले टुटेको थियो प्रियंका चोपडाको दिल, नायक आफैंले गरेका थिए खुलासा
बलिउडका केही फिल्ममा अभिनय गरेका अभिनेता हरमन बावेजाको हालै धुमधामसँग विवाह भएको छ । फिल्म स्टार हरमन बावेजाले साशा रामचंदानीसँग विवाह गरेका छन् ।
नायक हरम बावेजा कुनै बेला आफ्ना लुक्सका लागि चिनिन्थे । उनको तुलना सधैं नायक ऋतिक रोशनसँग हुन्थ्यो । यी नायक कुनै बेला प्रियंका चोपडासँगको प्रेममा थिए । तर उनीहरुको सम्बन्ध चाँडै नै टुट्यो । सम्बन्ध टुट्नुको कारण हरमन आफैंले खुलासा गरेका छन् ।
प्रियंका चोपडासँग हरमन बावेजाले आफ्नो फिल्मी करियरको सुरुवात गरेका थिए । त्यसपछि नै उनीहरुबीच प्रेम सम्बन्ध बढ्यो । हरमन बावेजा र प्रियंका चोपडाको पहिलो भेट फिल्मको सेटमा भएको थियो । त्यतिबेला उनीहरु ‘लव स्टोरी २०५०’ का लागि सँगै अभिनय गरेका थिए ।
फिल्मको सुटिङ सुरु हुँदा उनीहरुको प्रेमको टुसा पलाएको थियो र फिल्मको रिलिज पछि दुई बीच तनाव सुरु भएको थियो ।
के हरमन बावेजाको फ्लप करियर बनेको थियो कारण ?
हरमन बावेजाले एक अन्तरवार्तामा आफ्नो करियरका कारण आफूले आफ्नो सम्बन्धमा ध्यान दिन नसकेको स्वीकार गरेका थिए ।
हरमन बावेजा र प्रियंका चोपडाको ब्रेकअपपछि नायकाले एक अन्तरवार्तामा भनेका थिए, ‘म आफैंलाई दोषी मान्छु । उनले मसँग समय मागिरहन्थिन् र त्यो मैले दिन सकिनँ । दुई फ्लप फिल्मपछि म निकै दबाबमा थिएँ । ममाथि तेस्रो फिल्मको दबाब थियो । म यो प्रोजेक्टसँग असाध्यै जोडिएको थिएँ ।’ यद्यपि, उनको तेस्रो फिल्म ‘वाट्स योर राशि’ पनि चल्न सकेन ।
ब्रेकअप पछि यी दुईको भेट क्यानडामा एक अवार्ड कार्यक्रममा भएको थियो । यहाँ यी दुईले पुराना कुरा बिर्सेर एक अर्कालाई अँगालो हाले र दोस्तीको हात अघि बढाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहकारी प्रकरणको छानविनमा सहयोग गर्न सांसद गीता बस्नेतलाई राप्रपाको निर्देशन
-
बालेनप्रति संकेत गर्दै ओलीले भने– सुकुम्वासीलाई हेप्ने र थर्काउने काम नगरौं
-
जापानी विदेशमन्त्रीको नेपाल भ्रमणको तयारी पूरा, के–के छन् एजेण्डा ?
-
सहकारी समस्या समाधानका लागि समिति गठन, अध्यक्षमा पूर्वन्यायाधीश गौतम
-
मुक्त कमैया समाजको तेस्रो राष्ट्रिय सम्मेलन कैलालीमा हुँदै
-
सहकारी प्रकरणको छानबिनमा सहयोग गर्न सांसद गीता बस्नेतलाई राप्रपाको निर्देशन