हर्मन बावेजाको एक गल्तीले टुटेको थियो प्रियंका चोपडाको दिल, नायक आफैंले गरेका थिए खुलासा
बलिउडका केही फिल्ममा अभिनय गरेका अभिनेता हरमन बावेजाको हालै धुमधामसँग विवाह भएको छ । फिल्म स्टार हरमन बावेजाले साशा रामचंदानीसँग विवाह गरेका छन् ।
नायक हरम बावेजा कुनै बेला आफ्ना लुक्सका लागि चिनिन्थे । उनको तुलना सधैं नायक ऋतिक रोशनसँग हुन्थ्यो । यी नायक कुनै बेला प्रियंका चोपडासँगको प्रेममा थिए । तर उनीहरुको सम्बन्ध चाँडै नै टुट्यो । सम्बन्ध टुट्नुको कारण हरमन आफैंले खुलासा गरेका छन् ।
प्रियंका चोपडासँग हरमन बावेजाले आफ्नो फिल्मी करियरको सुरुवात गरेका थिए । त्यसपछि नै उनीहरुबीच प्रेम सम्बन्ध बढ्यो । हरमन बावेजा र प्रियंका चोपडाको पहिलो भेट फिल्मको सेटमा भएको थियो । त्यतिबेला उनीहरु ‘लव स्टोरी २०५०’ का लागि सँगै अभिनय गरेका थिए ।
फिल्मको सुटिङ सुरु हुँदा उनीहरुको प्रेमको टुसा पलाएको थियो र फिल्मको रिलिज पछि दुई बीच तनाव सुरु भएको थियो ।
के हरमन बावेजाको फ्लप करियर बनेको थियो कारण ?
हरमन बावेजाले एक अन्तरवार्तामा आफ्नो करियरका कारण आफूले आफ्नो सम्बन्धमा ध्यान दिन नसकेको स्वीकार गरेका थिए ।
हरमन बावेजा र प्रियंका चोपडाको ब्रेकअपपछि नायकाले एक अन्तरवार्तामा भनेका थिए, ‘म आफैंलाई दोषी मान्छु । उनले मसँग समय मागिरहन्थिन् र त्यो मैले दिन सकिनँ । दुई फ्लप फिल्मपछि म निकै दबाबमा थिएँ । ममाथि तेस्रो फिल्मको दबाब थियो । म यो प्रोजेक्टसँग असाध्यै जोडिएको थिएँ ।’ यद्यपि, उनको तेस्रो फिल्म ‘वाट्स योर राशि’ पनि चल्न सकेन ।
ब्रेकअप पछि यी दुईको भेट क्यानडामा एक अवार्ड कार्यक्रममा भएको थियो । यहाँ यी दुईले पुराना कुरा बिर्सेर एक अर्कालाई अँगालो हाले र दोस्तीको हात अघि बढाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण