उपचारका लागि काठमाडौँ र पोखारा जानु नपर्ने गराउँछौँः मुख्यमन्त्री गुरुङ
लमजुङ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले लमजुङ बासीलाई उपचारका लागि काठमाडौँ, पोखराका अस्पताल जानुपर्ने बाध्यता अन्त्य गर्ने विश्वास दिलाएका छन् । प्रदेशका सबै जिल्ला अस्पतालको गुणस्तर बढाएर उच्चस्तरको सेवा उपलब्ध गराउने उनले प्रतिबद्धता व्यक्त गरे ।
लमजुङ क्व्होलासोथर गाउँपालिका–३ घले गाउँमा गण्डकी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य निर्देशानालय पोखराद्वारा आज आयोजित दुई दिने बृहत् स्वास्थ्य शिविरको उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङले गाउँगाउँका स्वास्थ्यचौकी र जिल्ला अस्पतालको क्षमता वृद्धि गरेर बिरामीलाई स्वास्थ्य सेवा उपलब्ध गराउने योजना प्रदेश सरकारले बनाएको बताए । यस वर्षभित्रै प्रदेशका ११ जिल्लामध्ये मनाङ र मुस्ताङ बाहेका जिल्ला अस्पतालमा पाँच श्ययाको अक्सिजन प्यान्ट राखेर सेवा दिने व्यवस्था गर्न लागेको उनले जानकारी दिए ।
त्यस्तै, मनाङ र मुस्ताङ बाहेकका नौ जिल्ला अस्पतालमा ५० श्यया पुर्याउने योजनाअनुरुप प्रदेश सरकार अघि बढेको उनले बताए। प्रदेशका जिल्ला अस्पताललाई नमूना जिल्ला अस्पतालका रुपमा विकास गर्दै सोहीअनुसार बिरामीलाई सेवा दिनका लागि प्रदेश सरकार लागिरहेको उनको भनाइ छ ।
त्यस्तै, गण्डकी युनिभर्सल टिचिङ अस्पताल यस वर्षबाट शुरु गर्ने तयारीमा रहेको भए पनि पर्याप्त जमीन भने भेटी नसकेकाले जमीनको खोजीमा सरकार रहेको मुख्यमन्त्री गुरुङले बताए । प्रदेश सरकारले नागरिकको स्वास्थ्यलाई प्राथमिकता दिएर अघि बढिरहेकाले गरिब उपचारबाट वञ्चित हुन नपर्ने उनको भनाइ छ ।
क्व्होलासोथर गाउँपालिका अध्यक्ष प्रेम घले, उपाध्यक्ष एवं मुख्यमन्त्री गुरुङको धर्मपत्ती कुमारी मुनी गुरुङ, प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्मा, स्वास्थ्य कार्यालय लमजुङका प्रमुख अमर दवाडी लगायतले यस सञ्चालित शिविरले आर्थिक अभावले उपचार गर्न नसकेका नागरिक तथा बिरामीलाई सहयोग पुग्ने भन्दै यस शिविरमा सहभागी बनेर स्वास्थ्य जाँच गर्न आग्रह गरेका थिए । दुईदिन निःशुल्क स्वास्थ्य शिविरमा यस गाउँपालिकाका घलेगाउँ, भुजुङ, मालिङलगायत गाउँपालिकाका स्थानीय लाभान्वित हुने भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण