पाकिस्तानको महिला लिगको एकै खेलमा नेपालकी अनिताको १६ गोल
मङ्गलबार, १० चैत २०७७, २१ : २१
पाकिस्तानमा भइरहेको राष्ट्रिय महिला फुटबल च्याम्पियनसीपमा नेपालकी अनिता केसीले एकै खेलमा १६ गोल गर्न सफल भएकी छिन् । मासा युनाइटेडलाई कराची वुमन फुटबल क्लबविरुद्ध ३५–० को विशाल जीत दिलाउने क्रममा केसीले सो उपलब्धि हासिल गर्न सफल भएकी हुन् ।
केएमसी स्टेडियमा भएको खेलमा उनले टोलीका लागि सर्वाधिक १६ गोल गरिन् । मासा युनाइटेडले सन् २०२१ को लिगको संस्करणमा एकै खेलमा सर्वाधिक गोलको कीर्तिमान पनि तोड्न सफल भएको छ । केसीकी समकक्षी सरु लिम्बुले १० गोल गरिन् ।
त्यस्तै, फैसलाबादको टोलीका लागि करिबाले ह्याट्रिक गरिन् भने सामरोज सामरिन, गीता राना, अञ्जिला तुम्बापो सुब्बाले दुई–दुई गोल गरे ।
जीतसँगै मासा समूह बीको गोलअन्तरको आधारमा शीर्ष स्थानमा रहेको छ । दोस्रो स्थानमा कराँची युनाइटेड रहेको छ । दुवै टोली बिहीबार भिड्ने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
-
तनावबिच अमेरिका–रुस अन्तरिक्ष सहकार्य जारी
-
सन् २०२९ मा युरोपेली सङ्घको जनसङ्ख्या उच्च विन्दुमा पुग्ने, त्यसपछि घट्ने प्रक्षेपण
-
सार्वजनिक खरिद ऐन संशोधनले पूर्वाधार विकासलाई गति दिने विश्वास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण