मंगलबार ८१ औँ पाकिस्तान दिवस मनाइयो
एजेन्सी । पाकिस्तानमा मङ्गलबार ८१ औँ पाकिस्तान दिवस मनाइएको छ । परम्परागत रूपमा मनाइँदै आएको एक दिनलाई उन्मुक्तिको दिवस र गणतन्त्र दिवसको रूपमा समेत मनाउने गरिएको छ । पाकिस्तानमा हरेक वर्षको मार्च २३ तारिखका दिन विषेश महत्वका साथ यो दिवस मनाउने गरिएको छ ।
स्वतन्त्र मुस्लिम राज्यका लागि भएको सङ्घर्षले सन् १९४० को मार्च २३ तारिखका दिन सफलता पाएकाले यस दिनलाई पाकिस्तान दिवसको रूपमा मनाउने गरिएको हो । दिवसका अवसरमा राष्ट्रपति अरिफ अल्भी र प्रधानमन्त्री इमरान खानले छुट्टाछुट्टै शुभकामना सन्देश प्रकाशित गरी पाकिस्तानी नागरिकको सुख, समृद्धि र सुस्वास्थ्य कामना गरेका छन् ।
देशलाई राम्रो कल्याणकारी राज्यको रूपमा स्थापित गर्नका लागि राज्यका सबै निकायलाई जनताले र जनतालाई राज्यका निकायहरूले अझ सहयोग गर्नु पर्नेमा उनीहरूले जोड दिएका छन् । सबैका बीचमा सहकार्यलाई पनि उत्तिकै बलियो बनाएर लैजान राष्ट्रपति र प्रधानमन्त्री दुवैले सबैलाई आह्वान पनि गरेका छन् ।
दिवसका अवसरमा राजधानीमा सैनिक प्रदर्शनी पनि गरिएको थियो भने विभिन्न निकाय र सङ्घसंस्थाले विभिन्न कार्यक्रमहरू आयोजना गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण