रेडपाण्डाको ७ थान छालासहित ३ जना पक्राउ
बुधबार, ११ चैत २०७७, १४ : २०
काठमाडौं । प्रहरीले सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाबाट अवैध तरिकाले रेडपाण्डाको शिकार गरेर छाला संकलन गर्ने ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महाकुलुङ गाउँपालिका–२ घर भएका जगतबहादुर राई, सो गाउँपालिकाको वडा नम्बर–३ घर भएका मितुरधन राई र कविरशेखर राई छन् । इन्स्पेक्टर मन्दिप चौहान नेतृत्वको प्रहरी टोलीले उनीहरुलाई रेड पाण्डाको छालासहित पक्राउ गरेको हो ।
प्रहरीले उनीहरुको घरबाट ७ थान रेड पाण्डाको छाला बरामद गरेको छ । मकालु वरुण राष्ट्रिय निकुञ्जमा शिकार गरेर सो समूहले रेड पाण्डाको छाला संकलन गरेको थियो । रेड पाण्डा मार्न प्रयोग गरिने ५ थान पासो पनि प्रहरीले बरामद गरेको छ ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन–०२९ अनुसार पाण्डा मार्नेलाई ५ देखी १० लाख सम्म जरिवाना वा पाँचदेखि १५ वर्षसम्म कैद हुने व्यवस्था छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घुमुवा प्रहरी हुँ भन्दै रकम असुल्ने एक जना व्यक्ति पक्राउ
-
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
-
'बेहुली'को पहिलो गीत 'दिलमा ठाउँ छ'मा पारस र दिव्याको नृत्य
-
हुथीको धम्कीबिच साउदी तेल बोकेका ट्याङ्करले गरे बाब अल–मन्देब स्ट्रेट पार
-
यी हुन् उच्च कोलेस्ट्रोलका ७ लक्षण
-
सुन्न र बोल्न नसके पनि बनाउँछन् सुन्दर गहना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण