बिहीबार, १८ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

चर्चामा प्रियंका चोपडाको रेष्टुरेन्टः बलिउडका कुन कलाकारले के व्यापार गर्छन् ?

शुक्रबार, १३ चैत २०७७, १६ : १३
शुक्रबार, १३ चैत २०७७

बलिउड नायिका प्रियंका चोपडाले हालै रेष्टुरेन्ट खोलेकी छिन् । न्यूयोर्कमा खोलिएको यो रेष्टुरेन्ट निकै चर्चामा छ । प्रियंकाको यो रेष्टुरेन्टमा भारतीय खाना पस्किइन्छ । बलिउड इन्डष्ट्रिमा यस्ता थुप्रै स्टार्स छन् जसले अभिनयका साथै व्यापार पनि चलाउँछन् ।

सुनिल शेट्टी सफल व्यापारी हुन् । उनी जिम, रेष्टुरेन्ट्स, रियल स्टेट र क्लब चलाउँछन् । उनको पपकर्न इन्टरटेन्मेन्ट नामको प्रोडक्सन हाउस पनि छ ।

नायिका शिल्पा शेट्टी सैलून र स्पा चेनकी सह–मालिक हुन् । यो फ्रेन्चाइजीको नाम ओएसीस हो ।

नायक बबी देओल मुम्बईमा एउटा रेष्टुरेन्ट चलाउँछन् । रेष्टुरेन्टमा इन्डो चाइनिज कुजिन सर्भ गरिन्छ ।

अभिषेक बच्चन आजकाल फिल्म बिग बुलका लागि चर्चामा छन् । अभिषेक बच्चन अभिनयका साथै प्रो कबड्डी लीग फ्रेन्चाइजीको टीम जयपुर पिंक प्यान्थरका मालिक हुन् । यस्तै अजय देवगनको कुरा गर्नुपर्दा उनको अजय देवगन फिल्म्स नामको प्रोडक्सन हाउस छ । यसबाहेक उनले सन् २०१५ मा भिजुअल इजेक्ट कम्पनी एनवाई भिएफएक्सवाला सुरु गरेका थिए ।

अर्जुन रामपाल चेजिङ गणेशा नामको इभेन्ट म्यानेजमेन्ट कम्पनी चलाउँछन् । यसका साथै उनी ल्याप–द लाउन्ज नामको एउटा लन्ज बार रेष्टुरेन्ट पनि चलाउँछन् ।

ऋतिक रोशन लाइफस्टाइल ब्रान्ड एचआरएक्सका मालिक हुन् । यो निकै चर्चित ब्रान्ड हो । यसबाहेक उनले क्योर फिट नामको स्टार्टअपमा पनि लगानी गरेका छन् ।

मिथुन चक्रवर्ती लग्जरी होटल्सका चेन चलाउँछन् । यसको नाम मोनार्क ग्रुप अफ होटल्स हो ।

अभिनेता रोनित रोय एस सेक्युरिटी एण्ड प्रोटेक्सन नामको सेक्योरिटी एजेन्सी चलाउँछन् । यसले थुप्रै ठूला कलाकारलाई पर्सनल सिक्योरिटी प्रदान गर्ने गर्छ ।

नायिका सुष्मिता सेना पछिल्लो पटक वेब सिरिज आर्यामा देखिएकी थिइन् । उनका तान्त्रा इन्टरटेन्मेन्ट नामको प्रोडक्सन हाउस छ । साथै उनको रेने जुलर्स नामको जुलरी रिटेल स्टोर पनि छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप