पत्रकार महासंघ युरोप शाखाको अध्यक्षमा प्रेम परियार चयन
पोल्याण्ड । नेपाल पत्रकार महासंघ युरोप शाखाको अध्यक्षमा प्रेमबहादुर परियार चयन भएका छन्। परियार विगत एघार बर्षदेखि नर्वेमा बस्दै आएका छन् भने विगत १७ बर्षदेखि पत्रकारितामा क्रियाशील रहेका छन्।शाखाको शुक्रबार सम्पन्न निर्वाचनले सर्वसम्मत रुपमा परियारको अध्यक्षतामा कार्यसमिति चयन गरेको हो ।
निर्वाचन समितिका अनुसार नवगठित समितिको वरिष्ठ उपाध्यक्षमा केजिन राई र महेशकुमार खाती, उपाध्यक्षहरुमा राजकुमार थापा, रविचन्द्र भट्टराई, प्रेमचन्द्र पोमु, वाइबी गुरुङ, दिल निशानी मगर, जंगम खड्का र दीपेन्द्र गजुरेल, महासचिवमा द्रोण रिजाल, सचिवहरुमा म्हेन्दो वाइवा, शेरबहादुर परियार, सरला कट्टेल, कलश खरेल र कमल पराजुली तथा कोषाध्यक्षमा इन्दिरा चाम्लिङ रहेका छन् ।
यसैगरी, सदस्यहरुमा वीरमान घर्ती, युवराज फुयाँल, दिनेश गौतम, गोमा खरेल, निराजन श्रेष्ठ, कृष्ण तिवारी, शान्ति अर्याल अधिकारी, अनिल पौडेल, भेषबहादुर (सन्जु) काउचा, रमेशराज बाँस्तोला, ल्हाक्पा तेन्जी शेर्पा र किशोर लिम्बु रहेका छन् ।
शाखाको संरक्षकहरुमा पुष्प बरुवाल, पन्चम अधिकारी र राजकुमार दिक्पाल रहेका छन् ।
शाखाको नयाँ कार्यसमिति निर्माणका लागि निर्वाचन समिति संयोजक तथा केन्द्रीय उपाध्यक्ष राजेश चाम्लिङ, सदस्य सचिव डा. उदयदेव आचार्य र सदस्य किशोर सुब्बा थिए भने अधिवेशन गर्न केन्द्रीय प्रतिनिधि चिरन शर्मा रहेका थिए। पत्रकार महासंघ बेलायत शाखाका अध्यक्ष तथा अधिवेशनका परिवेक्षक नरेश खपाङ्गी मगर ,शाखाका सल्लाहकारद्वय पुष्प बरुवाल र पंचम अधिकारीको विशेष उपस्थिति रहेको थियो।
पत्रकार महासंघ युरोप शाखाको चौथो अधिवेशनको उद्घाटन फ्रेबुअरि २० मा सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफा विश्वकप २०२६ः पहिलो हाफमा जर्मनी ३–१ ले अघि
-
हप्ता भरी काम गरेर म बिदाको दिन जिस्किन्छु, यो समस्या हैन: प्रधानमन्त्री बालेन्द्र शाह
-
काइ हाभर्ट्जको पेनाल्टी गोल, पहिलो हाफमा जर्मनी ३–१ ले अघि
-
स्लोटरबेकको गोलमा जर्मनीले लियो २–१ को अग्रता
-
फिफा विश्वकपमा कुरासाओको पहिलो गोल, जर्मनीसँग १-१ को बराबरी
-
राप्ती गाउँपालिकालाई प्रसूति सेवायुक्त पालिका घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण