चिनियाँ राष्ट्रपति सीद्वारा दुःख व्यक्त
एजेन्सी । चिनियाँ राष्ट्रपति सी चिनफिङले शनिबार एक विज्ञप्ति जारी गरी इजिप्टमा शुक्रबार रेल दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । राष्ट्रपति सीले इजिप्टका राष्ट्रपति अब्देल फताह अलसीसीलाई पठाएको शोक सन्देशमा भनिएको छ, ‘चीन सरकार र चिनियाँ जनताको तर्फबाट सो दुर्घटनामा परी मर्नेहरूप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै मृतकका आफन्त र घाइतेहरूप्रति गहिरो समवेदना व्यक्त गर्दछु ।’
इजिप्टमा शुक्रबार भएको रेलमा कम्तीमा इजिप्टमा शुक्रबार भएको रेल दुर्घटनामा परी ३२ जनाको मृत्यु भएको थियो । घटनामा परी अन्य ६६ जना घाइते भएको स्वास्थ्य मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ । सबै घाइते जनको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको छ ।
लुक्सोरबाट अलेक्सान्ड्रया तर्फ जाँदै गरेको र कायरोबाट अस्वान तर्फ जादै गरेको रेल एक आपसमा ठोक्किँदा उक्त दुर्घटना भएको हो । देशको दक्षिणी क्षेत्रमा पर्ने सोहाग प्रदेश राजधानी कायरोदेखि ४७६ किलोमिटर टाढा पर्दछ । घटनाका बारेमा अनुसन्धान गर्न सरकारले प्राविधिक समिति बनाएको मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण