सामसङ ‘ग्यालेक्सी एम१२’ बजारमा, ६ हजार एमएएच ब्याट्रीसहित यस्ता छन् विशेषताहरु
काठमाडौं । सामसङले ‘ग्यालेक्सी एम १२’ स्मार्ट फोन नेपाली बजारमा भित्र्याएको छ । एम सिरिजअन्तर्गतको एम १२ स्मार्ट फोनमा ६ हजार एमएएच ब्याट्री र ४८ मेगापिक्सल क्यामेरालगायतका अत्याधुनिक विशेषताहरु रहेका छन् ।
एम १२ मा ९० हर्ज रिफ्रेस रेट, ८एनएम एक्सेनस प्रोसेसर जस्ता विशेषताहरु पनि छन् । यसमा १५ वाटको फास्ट चार्जिङ र ६.५ इन्चको डिस्प्ले सुविधा रहेको छ ।
फोनमा भएको चार क्यामराले उत्कृष्ट फोटो खिच्न सघाउने कम्पनीले जनाएको छ । जसमा ४८ मेगापिक्सलको वाइड एंगल, ५ मेगापिक्सलको क्लोज अप, २ मेगापिक्सलको म्याक्रो, २ मेगापिक्सलको डेप्थ क्यामरा र ८ मेगापिक्सलको सेल्फी क्यामरा जडान गरिएको कम्पनीले जनाएको छ ।
एम १२ मा सामसङका प्रिमियम सुविधाहरु सामसङ हेल्थ, सामसङ थिम, ग्यालेक्सी एप तथा मोन्स्टर रिलोडेडको लागि स्मार्ट स्वीच जस्ता सुविधाहरु पनि रहेका छन् ।
कालो, नीलो र सेतो रङमा उपलब्ध यस फोनको ४ जीबी र्याम र ६४ जीबी रोमको १८ हजार ४ सय ९९ रुपैयाँ तोकिएको छ । त्यसैगरी, ६ जीबी र्याम र १२८ रोमको २२ हजार ४ सय ९९ रुपैयाँ पर्ने कम्पनीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डोजर आतंकको तीन महिना : बरु थपिए सुकुमबासीका पीडा, व्यवस्थापन लथालिङ्ग
-
महिनावारीको पीडा : कति रगत बग्नु स्वाभाविक हो, कहिले अस्पताल जाने?
-
पीआर लिएका दुई नापी अधिकृतलाई स्पष्टीकरण साेधियाे
-
दक्षिण एसियाली समन्वय समिति : १३ सदस्यीय समिति गठन
-
कोशी प्रदेशको डीआईजीमा शेखर खनाल
-
थप गरिएका परिषद् रजिस्ट्रारका उम्मेदवारको अन्तर्वार्ता लिइएन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण