जम्मू–कश्मीरमा चरमपन्थी हमलाः एक पार्षदसहित दुई जनाको मृत्यु
जम्मू–कश्मीरको बारामूला जिल्लाको सोपोर क्षेत्रमा चरमपन्थीहरुले नगर परिषद्को कार्यालयमा गोलीबारी गरेका छन् । आक्रमण भएको बेला कार्यालयमा पार्षदहरूको बैठक चलिरहेको थियो ।
भारतीय सञ्चारमाध्यमका अनुसार हमलामा पार्षद रियाज अहमदको मृत्यु भएको छ भने अर्का पार्षद शम्सुद्दीन घाइते भएका छन् । त्यस्तै, हमलामा शफाकत अहमद नाम गरेका एक प्रहरी पनि घाइते भएका थिए । उनको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । सुरक्षाकर्मीले चरमपन्थीहरुको खोजीमा सो क्षेत्रलाई घेराबन्दी गरेर सर्च अपरेशन सुरु गरेका छन् ।
जम्मू–कश्मीरमा पछिल्लो २४ घण्टामा भएको यो दोस्रो चरमपन्थी हमला हो । आइतबार अनन्तनागमा चरमपन्थीहरुले सेन्ट्रल रिजर्भ पुलिस फोर्स (सीआरपीएफ) को बंकरमा ग्रिनेड हमला गरेका थिए । उक्त ग्रिनेड सडकमा पुगेर पड्एिको थियो । घटनामा दुईजनाले ज्यान गुमाएका थिए ।
स्रोतः दैनिक भास्कर
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कानुन कार्यान्वयनको अध्ययन गर्न राष्ट्रियसभाले बनायो उपसमिति
-
राष्ट्रिय स्वाधीनता रक्षाका लागि परिवर्तनकारी दलहरूबिच सहकार्य आवश्यक : प्रचण्ड
-
दाङमा एक वर्षमा सडक दुर्घटनामा ७२ जनाको मृत्यु
-
सहमति र एकताको पहल नभए नयाँ बाटो तय गर्न बाध्य हुनेछौँ : विमलेन्द्र निधि
-
६ अर्ब ६ करोड ७८ लाख राजस्व सङ्कलन
-
प्रशिक्षणका लागि नेपाली पुरुष कबड्डी टोली भारत जाँदै, राखेपद्वारा बिदाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण