कोभिड-१९ विरूद्ध खोपको ‘बुस्टर डोज’को अध्ययनमा चीन

एजेन्सी । चीनमा कोभिड–१९ विरूद्ध खोप लगाउने कार्यलाई तदारुकताका साथ अघि बढाइरहेको स्वास्थ्य विशेषज्ञहरूले बताएका छन् । खोप सुरक्षित रूपमा सञ्चालनमा रहेको चिनियाँ चलिरहेको र हालसम्म चीनमा लगाइएको खोपको सङ्ख्या १० करोड मात्रा पुगिसकेको छ । चिनियाँ खोपको सुरक्षा प्रभाव छ महिनाभन्दा बढीसम्म भएको चिनियाँ रोग नियन्त्रण तथा निवारण केन्द्रका प्रथम विशेषज्ञ वाङ ह्वाछिङले जानकारी गराएका छन् ।
विशेषज्ञ वाङले भने, ‘हालसम्म एन्टीबडीको स्तरबाट हेर्दा चिनियाँ खोपको प्रभाव लगभग छ महिनाभन्दा बढी रहने देखिएको छ । तर एन्टिबडी हाम्रो स्वास्थ्यको संरक्षण गर्ने एउटै मात्र सूचकाङ्क होइन, खोपले भूमिका निर्वाह गर्ने क्रममा अन्य कारक तत्वहरूले पनि भूमिका निर्वाह गर्दछन् । यसै कारणले खोपको अध्ययनमा निरन्तरता दिँदै यसको संरक्षण समय निश्चित गर्नुपर्छ ।’
कोभिड विरूद्ध खोपको ‘बुस्टर डोज’ डिजाइन गरिसकेको र परीक्षण भइरहेको जानकारी चिनियाँ सिनोफार्म कम्पनीका उप महाप्रबन्धक चाङ युनथाउले दिए । यस बुस्टर डोज कहिले लिने भन्ने कुरा तेस्रो चरणको परीक्षणको नतिजा पाएपछि मात्रै भन्नसकिने कुरा पनि चाङले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बोर्ड तथा परिषद हटाउने प्रयास गर्दै बागमती सरकार
-
सङ्घ र प्रदेशको अधिकारको विवादले वन मुद्दा फछ्र्यौट हुनै सकस
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
मनसुनीसहित तीन वायु थप सक्रिय, आज यी पाँच प्रदेशमा धेरै भारी वर्षाको सम्भावना
-
यस्तो छ बुधबारको लागि विदेशी मुद्राको विनिमय दर
-
अहमदाबाद विमान दुर्घटनाः १ सय २४ जनाको शव परिवारलाई बुझाइयो