कोभिड-१९ विरूद्ध खोपको ‘बुस्टर डोज’को अध्ययनमा चीन
एजेन्सी । चीनमा कोभिड–१९ विरूद्ध खोप लगाउने कार्यलाई तदारुकताका साथ अघि बढाइरहेको स्वास्थ्य विशेषज्ञहरूले बताएका छन् । खोप सुरक्षित रूपमा सञ्चालनमा रहेको चिनियाँ चलिरहेको र हालसम्म चीनमा लगाइएको खोपको सङ्ख्या १० करोड मात्रा पुगिसकेको छ । चिनियाँ खोपको सुरक्षा प्रभाव छ महिनाभन्दा बढीसम्म भएको चिनियाँ रोग नियन्त्रण तथा निवारण केन्द्रका प्रथम विशेषज्ञ वाङ ह्वाछिङले जानकारी गराएका छन् ।
विशेषज्ञ वाङले भने, ‘हालसम्म एन्टीबडीको स्तरबाट हेर्दा चिनियाँ खोपको प्रभाव लगभग छ महिनाभन्दा बढी रहने देखिएको छ । तर एन्टिबडी हाम्रो स्वास्थ्यको संरक्षण गर्ने एउटै मात्र सूचकाङ्क होइन, खोपले भूमिका निर्वाह गर्ने क्रममा अन्य कारक तत्वहरूले पनि भूमिका निर्वाह गर्दछन् । यसै कारणले खोपको अध्ययनमा निरन्तरता दिँदै यसको संरक्षण समय निश्चित गर्नुपर्छ ।’
कोभिड विरूद्ध खोपको ‘बुस्टर डोज’ डिजाइन गरिसकेको र परीक्षण भइरहेको जानकारी चिनियाँ सिनोफार्म कम्पनीका उप महाप्रबन्धक चाङ युनथाउले दिए । यस बुस्टर डोज कहिले लिने भन्ने कुरा तेस्रो चरणको परीक्षणको नतिजा पाएपछि मात्रै भन्नसकिने कुरा पनि चाङले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘विशेष प्राथमिकता’ को तिंकर सडकमा बजेट न्यून
-
अर्थमन्त्रीले भनेजस्तै ५० लाखमुनिका ईभी कसरी सस्तिन्छन् ?
-
वर्षौंदेखि अलपत्र १५ सडकका ठेक्का तोडियो
-
सर्लाहीका तीन प्रदेश सभा सदस्यलाई कांग्रेसले गरायो सचेत, बाराका उपसभापतिलाई सफाइ
-
पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा ५ जनाको मृत्यु
-
नेपाली कांग्रेस बाराका सभापति निलम्बित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण