लहान मालपोतमा बम बिष्फोट गराउने २ आरोपी पेस्तोलसहित पक्राउ
काठमाडौं । सिरहाको लहानस्थित मालपोत कार्यालयमा बम विष्फोट गराएको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहाको सुखीपुर नगरपालिका–५ घर भएका रामरिझन यादव र लक्ष्मीपुर पतारी–३ घर भएका अभिमन्यु गिरी छन् ।
दुवै आरोपीको साथबाट एक–एक थान कटुवा पेस्तोल र दुई–दुई राउण्ड गोली बरामद गरिएको प्रदेश–२ प्रहरी कार्यालयका डीआईजी धिरज प्रताप सिंहले रातोपाटीलाई बताए । चैत १ मा लहान नगरपालिका–८ स्थित मालपोत कार्यालयमा गराएको विष्फोटको जिम्मा तराई जनतान्त्रिक मुक्ति मोर्चा (गोइत समूह)ले लिएको थियो । विष्फोटमा ८ जना घाइते भएका थिए ।
२५ वर्षीय रामरिझन र २६ वर्षीय अभिमन्युले विष्फोट गराएको प्रहरीसँग स्वीकार गरेका छन् । गोइत समूहका अध्यक्ष जयकृष्ण गोइतको निर्देशनमा सुखीपुर–८ बस्ने रामकुमार यादवले उनीहरुलाई फागुन २६ मा प्रेशरकुकर बम भगवानपुर गाउँपालिकाको ठाडीमा बोलाएर दिएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । उनीहरुलाई सुखीपुर नगरपालिका–५ बाट पक्राउ गरिएको डिआईजी सिंहले बताए ।
‘मालपोत कार्यालयले भू–माफियालाई सहयोग गरेको र चेतावनी दिँदा पनि सुधार नआएको’ हुनाले विष्फोट गराएको उनीहरुले साविती बयान दिएका छन् ।
रामरिझन ०७४ चैतमा लहानको विकास ज्वेलर्समा भएको विष्फोट मुद्दामा १ लाख धरौटीमा रिहा भएका थिए । उनी ०७५ साउनमा विराटनगर उप–महानगरपालिकामा विष्फोट गराएको मुद्दामा ३५ हजार धरौटीमा रिहा भएको अपराध पृष्ठभूमि छ ।
५ वर्षदेखी गोइत समूहमा लागेका अभिमन्यू तराईमा धम्की दिएर चन्दा संकलन गर्थे । ‘रामरिझन र अभिमन्यू लहान विष्फोटमा संलग्न मुख्य आरोपी हुन्’ डीआईजी धिरज प्रताप सिंहले रातोपाटीसँग भने–‘प्रेसर कुकर बम राख्न जाँदा रामरिझनले लगाएको ज्याकेट, चप्पल र टिसर्ट बरामद गरेका छौं ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घुमुवा प्रहरी हुँ भन्दै रकम असुल्ने एक जना व्यक्ति पक्राउ
-
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
-
'बेहुली'को पहिलो गीत 'दिलमा ठाउँ छ'मा पारस र दिव्याको नृत्य
-
हुथीको धम्कीबिच साउदी तेल बोकेका ट्याङ्करले गरे बाब अल–मन्देब स्ट्रेट पार
-
यी हुन् उच्च कोलेस्ट्रोलका ७ लक्षण
-
सुन्न र बोल्न नसके पनि बनाउँछन् सुन्दर गहना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण