लोकतन्त्र जोगाउन मोदीविरुद्ध एकजुट हुने समय आयो– ममता बेनर्जी
एजेन्सी । भारतको पश्चिम बंगाल राज्यकी मुख्यमन्त्री ममता बेनर्जीले राज्यमा दोस्रो चरणको मतदान हुनुअघि भारतीय जनता पार्टी (बिजेपी) इतरका दलहरुलाई पत्र लेखेकी छिन् । उनले सबै दलहरुलाई मोदीको बिजेपीविरुद्ध एकजुट हुन अपिल गरेकी हुन् । पश्चिम बंगाल राज्यका विभिन्न स्थानमा बिहीबार दोस्रो चरणको मतदान हुँदैछ ।
‘मलाई लाग्छ कि अब लोकतन्त्र बचाउनका लागि बिजेपीविरुद्ध हामी सबै एकजुट हुनुपर्ने समय आएको छ,’ बेनर्जीले लेखेको पत्रमा उल्लेख छ । बेनर्जीले काँग्रेस आई, एनसिपी, डिएमके, आरजेडी, शिवसेना, आम आदमी पार्टी, बिजेडी र वाईएसआर काँग्रेसलाई पत्र लेखेकी हुन् ।
दिल्ली सरकारविरुद्ध पारित भएको एनसिटी विधेयकको उदाहरण दिँदैं बिजेपीको केन्द्र सरकारले लोकतन्त्र खतम पार्ने प्रयास गरेको उनको दाबी छ । यो विधेयक दुबै सदनबाट पारित भइसकेको छ । यस कानूनअनुसार केन्द्र सरकारले निर्वाचित राज्य सरकारको अधिकार छिनेर उपराज्यपाललाई दिएको छ ।
आम आदमी पार्टीका नेता अरविन्द केजरीवालले दुुईपटक दिल्ली विधानसभाको चुनावमा बिजेपीलाई हराएपछि केन्द्र सरकारले यस्तो कदम चालेको उनको आरोप छ । ‘जब बिजेपीले लोकतान्त्रिक रुपमा जित्न सकेन, तब उसले उपराज्यपालमार्फत शासन गर्ने तरीका खोज्यो’ बेनर्जीले लेखेकी छिन् ।
बेनर्जीले लेखेको पत्रका मुख्य बुँदा
–जुन राज्यमा बिजेपीको सरकार छैन, त्यहाँ राज्यपालहरुले बिजेपीको कार्यकर्ता जसरी काम गरिरहेका छन् ।
–यी राज्यहरुमा नेताहरुविरुद्ध इडी, सिबीआई र अन्य जाँच एजेन्सीहरु परिचालन गरिएको छ ।
–बिजेपी शासित राज्यबाहेक अन्य राज्यमा केन्द्र सरकारले पैसा दिन आनकानी गरिरहेको छ ।
–मोदी सरकार सबै सरकारी सम्पत्तिहरु बेच्न चाहन्छ । यो मानिसहरुमाथिको धोका हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण