बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

लोकतन्त्र जोगाउन मोदीविरुद्ध एकजुट हुने समय आयो– ममता बेनर्जी

बुधबार, १८ चैत २०७७, १७ : ५७
बुधबार, १८ चैत २०७७

एजेन्सी  । भारतको पश्चिम बंगाल राज्यकी मुख्यमन्त्री ममता बेनर्जीले राज्यमा दोस्रो चरणको मतदान हुनुअघि भारतीय जनता पार्टी (बिजेपी) इतरका दलहरुलाई पत्र लेखेकी छिन् । उनले सबै दलहरुलाई मोदीको बिजेपीविरुद्ध एकजुट हुन अपिल गरेकी हुन् । पश्चिम बंगाल राज्यका विभिन्न स्थानमा बिहीबार दोस्रो चरणको मतदान हुँदैछ । 

‘मलाई लाग्छ कि अब लोकतन्त्र बचाउनका लागि बिजेपीविरुद्ध हामी सबै एकजुट हुनुपर्ने समय आएको छ,’ बेनर्जीले लेखेको पत्रमा उल्लेख छ ।  बेनर्जीले काँग्रेस आई, एनसिपी, डिएमके, आरजेडी, शिवसेना, आम आदमी पार्टी, बिजेडी र वाईएसआर काँग्रेसलाई पत्र लेखेकी हुन् । 

दिल्ली सरकारविरुद्ध पारित भएको एनसिटी विधेयकको उदाहरण दिँदैं बिजेपीको केन्द्र सरकारले लोकतन्त्र खतम पार्ने प्रयास गरेको उनको दाबी छ । यो विधेयक दुबै सदनबाट पारित भइसकेको छ । यस कानूनअनुसार केन्द्र सरकारले निर्वाचित राज्य सरकारको अधिकार छिनेर उपराज्यपाललाई दिएको छ  ।

आम आदमी पार्टीका नेता अरविन्द केजरीवालले दुुईपटक दिल्ली विधानसभाको चुनावमा बिजेपीलाई हराएपछि केन्द्र सरकारले यस्तो कदम चालेको उनको आरोप छ । ‘जब बिजेपीले लोकतान्त्रिक रुपमा जित्न सकेन, तब उसले उपराज्यपालमार्फत शासन गर्ने तरीका खोज्यो’ बेनर्जीले लेखेकी छिन् ।

 बेनर्जीले लेखेको पत्रका मुख्य बुँदा 

–जुन राज्यमा बिजेपीको सरकार छैन, त्यहाँ राज्यपालहरुले बिजेपीको कार्यकर्ता जसरी काम गरिरहेका छन् । 

–यी राज्यहरुमा नेताहरुविरुद्ध इडी, सिबीआई र अन्य जाँच एजेन्सीहरु परिचालन गरिएको छ । 

–बिजेपी शासित राज्यबाहेक अन्य राज्यमा केन्द्र सरकारले पैसा दिन आनकानी गरिरहेको छ । 

–मोदी सरकार सबै सरकारी सम्पत्तिहरु बेच्न चाहन्छ । यो मानिसहरुमाथिको धोका हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप