अभिनेत्री किरण खेरलाई “ब्लड क्यान्सर”
बिहीबार, १९ चैत २०७७, ११ : ५४
बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टीको चन्डीगढकी सांसद किरण खेरलाई “ब्लड क्यान्सर” भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । उनी मल्टिपल माइलोमाबाट पीडित भएकी छन् । जुन एक प्रकारको ब्लड क्यान्सर हो । उनी अहिले मुम्बईमा उपचारारत छिन् ।
किरण खेरकी साथी तथा बीजेपी चन्डीगढका मेम्बर अरुण सूदले बुधबार विशेष पत्रकार सम्मेलन गर्दै किरणको रोगको बारेमा जानकारी गराएका हुन् । सूदका अनुसार किरण अघिल्लो वर्षदेखि उपचारारत थिइन् । उनको अवस्थामा सुधार आएको समेत उनले जानकारी दिइन् ।
सूदले भने, “अघिल्लो वर्ष ११ नोभेम्बरमा किरणको उनकै घरमा हात भाँचिएको थियो । हातको उपचारको क्रममा उनमा मल्टीपल माइलोमाको शुरुवाती लक्षण देखिएको थियो । उनको रोग बाँया हातबाट दाँयातर्फ फैलिएको थियो । त्यससमयदेखि उनको लगातार उपचार भइरहेको छ ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफ सकिँदा बेल्जियम १–० ले पछाडि, सेनेगलको अग्रता कायमै
-
२४ औँ मिनेटमा हबिब डियाराको गोल, बेल्जियमविरुद्ध सेनेगल १–० ले अघि
-
एउटै खेलबाट पेलेका दुई ऐतिहासिक कीर्तिमान तोड्दै ह्यारी केनले रचे इतिहास
-
जुलियन अल्भारेज अनुबन्ध गर्न बार्सिलोनाको दाउ, रोक्नका लागि एथलेटिको म्याड्रिडको कडा अडान
-
अन्तिम १६ का लागि बेल्जियम र सेनेगल भिड्दै, यस्तो छ दुवै टोलीको समूह चरणको यात्रा
-
इतिहास रच्दै विश्वकपबाट बाहिरियो कंगो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण