फेरि कंगनाको निशानामा करण जौहर
बलिउड अभिनेत्री कंगना रनौतले पुनः एकपटक करण जौहरमाथि निशाना लगाएकी छन् । उनले ट्विटरमार्फत करण जौहर र आदित्य चोपडालाई मौखिक रुपमा हमला गरेकी हुन् ।
ट्रेड एनालिस्ट तरण आदर्शले ट्विट गर्दै कंगना रनौतको फिल्म “थलाइवी” को रिलीज मिति परिवर्तन नहुने बताएपछि कंगनाले करण र आदित्यलाई “बलिउडका ठेकेदार” भन्दै ट्विट गरेकी छन् ।
उनले लेखेकी छन्, “उनीहरुले मलाई बलिउड उद्योगबाट बाहिर निकाल्न सबैकुरा गरे । गुट बनाए, मलाई दुख दिए तर आज बलिउडका ठेकेदार करण र आदित्य लुकिरहेका छन् । सबै महानायक पनि लुकिरहेका छन् । केवल कंगना रनौत आफ्नो टिमसँग १०० करोड बजेटमा बनेको फिल्म लिएर आउँदै छिन् ।”
They did everything to throw me out of the industry,ganged up, harassed me today Bollywood ke thekedaars Karan Johar and Aadiya Chopra are hiding, all big heroes are hiding but Kangana Ranaut with her team coming with 100cr budget film to save Bollywood (cont) https://t.co/LBU4UcUNRJ
— Kangana Ranaut (@KanganaTeam) March 31, 2021
कोरोना भाइरसका कारण रातिमा कफ्र्यु लगाइएको छ । जसको कारण फिल्म निर्माताहरुले आफ्नो फिल्मको रिलीज मिति परिवर्तन गरेका छन् । कंगनाको “थलाइवी” अप्रिल २३ मा रिलीज मिति तोकिएको छ । फिल्ममा कंगनाले जयललिताको भूमिका निर्वाह गरेकी छन् । उनको फिल्म रिलीज मितिमा कुनै परिवर्तन आएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफ सकिँदा बेल्जियम १–० ले पछाडि, सेनेगलको अग्रता कायमै
-
२४ औँ मिनेटमा हबिब डियाराको गोल, बेल्जियमविरुद्ध सेनेगल १–० ले अघि
-
एउटै खेलबाट पेलेका दुई ऐतिहासिक कीर्तिमान तोड्दै ह्यारी केनले रचे इतिहास
-
जुलियन अल्भारेज अनुबन्ध गर्न बार्सिलोनाको दाउ, रोक्नका लागि एथलेटिको म्याड्रिडको कडा अडान
-
अन्तिम १६ का लागि बेल्जियम र सेनेगल भिड्दै, यस्तो छ दुवै टोलीको समूह चरणको यात्रा
-
इतिहास रच्दै विश्वकपबाट बाहिरियो कंगो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण