दैनिक २० केजीसम्म सुन आयातको व्यवस्था गर्न राष्ट्र बैंकको परिपत्र
काठमाडौं । अबदेखि २० केजीसम्मको सुन आयात गर्न पाइने व्यवस्था हुने भएको छ । नेपाल राष्ट्र बैंकले एकीकृत परिपत्र २०७६ लाई संशोधन गर्दै सुन आयातको कोटा बढाएको जनाएको छ । दैनिक २० केजीसम्मको सुन आयातको व्यवस्था गर्न राष्ट्र बैंकले बाणिज्य बैंकहरुलाई परिपत्र गरेको छ ।
कोटा कम हुँदा बजारमा सुनको अभाव भएको भन्दै व्यवसायीले राष्ट्र बैंकका गभर्नरदेखि अर्थमन्त्री, उद्योगमन्त्री लगायतलाई भेटेर आयातको कोटा बढाउन माग गर्दै आएका थिए । माग अनुसारको सुन आपूर्ति गर्न नसकेपछि व्यवसायीहरु ग्राहक आउँदा लुक्न थालेका छन् । अहिले बजारमा दैनिक २५ देखि ३० किलो सम्म सुनको माग छ । तर आयात दैनिक १० केजी हुँदै आएको छ ।
लकडाउन अघि सामान्य समयमा दैनिक २० किलो र लगनको समयमा दैनिक २५ किलो सुन आउने गरेको थियो । विदेशी मुद्रा सञ्चितीमा चाप परेको भन्दै गत चैत १६ गतेको मन्त्रिपरिषदको बैठकले दैनिक २० किलोबाट सुन आयातको कोटा घटाएको थियो ।
अर्थतन्त्रमा भार परेको निष्कर्ष सहित सरकारले विलासी वस्तुको आयातमा अंकुश लगाएको थियो । ५० हजार डलर भन्दा माथिको गाडी आयात समेत सो समयमा प्रतिवन्ध लगाइयो । तर पछि गाडी आयातको विषय फुकुवा गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्ट्रेट अफ होर्मुजबारे इरानको अडान कायमै, अमेरिकासँग प्रत्यक्ष वार्ता अस्वीकार
-
सामाजिक स्याहार सुधार्ने बेलायती प्रधानमन्त्रीको प्रतिबद्धता
-
मोटोपनको सिकार भइरहेका छन् इटालीका बालबालिका ?
-
परराष्ट्र मन्त्रालयको गतिविधिले कूटनीतिक इतिहास लेख्न गाह्रो भयो : इतिहासविद् पोखरेल
-
अब धादिङबाट ७ मिनेटमै काठमाडौँ, तीन महिनासम्म निःशुल्क सञ्चालन
-
माडी आउन निकुञ्जभित्रबाट सडक निर्माण हुन्छ : मन्त्री गौतम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण