हराएको सियो (बालकविता)
शनिबार, २१ चैत २०७७, १० : १४
–रमेशचन्द्र घिमिरे
झुन्डिएको सँगै धागो पनि थियो
कता प¥यो कुन्नि कमिज सिउने सियो
छोटो सुइरोमाथि आँखाजस्तै दुलो
हेर्दाखेरि सानो तर काम ठूलो
लामो पुच्छ«े धागो फलामको मियो
खस्यो कतिबेला जामा सिउने सियो
उध्रिएका लुगा सिलाउँथ्यो यसले
फुस्किएका टाँक मिलाउँथ्यो यसले
खोज्दा पाइएन कसले पायो लियो ?
भेटिएन अझै लुगा सिउने सियो
जब पैतालामा काँडा–छेस्का बिझ्छ
काँडा बनी आफै, आफै काँडा झिक्छ
गुन्द्री चेपमा छ कि गर बाबु चियो
कता प¥यो लौ न नाना सिउने सियो
यसै छोड्नुहुन्न नत्र चस्स घोच्छ
दिन्छु बरु पैसा जसले सियो खोज्छ
यसो भनेपछि भाइले बाल्यो दियो
भेटिएछ बल्ल झोला सिउने सियो ।
–भोर्लेटार, लमजुङ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
-
तनावबिच अमेरिका–रुस अन्तरिक्ष सहकार्य जारी
-
सन् २०२९ मा युरोपेली सङ्घको जनसङ्ख्या उच्च विन्दुमा पुग्ने, त्यसपछि घट्ने प्रक्षेपण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण