शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

इन्डोनेसियामा बाढी र पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ४४ पुग्यो

आइतबार, २२ चैत २०७७, १९ : २८
आइतबार, २२ चैत २०७७

एजेन्सी । इन्डोनेसियामा बाढी र पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ४४ पुगेको त्यहाँको प्रशासनले आइतबार जनाएको छ । इन्डोनेसिया विपत् व्यवस्थापन निकाय, ‘रादिति अ जाती’,का प्रवक्ताले राडित्य जातीले देशको पूर्वी क्षेत्रस्थित नुसा टेङ्गरा प्रान्तमा भीषण वर्षापछि आएको बाढी र पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ४४ पुगेको पुष्टि गरे ।

यसपहिले प्राप्त विवरणमा बाढी र पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या कम्तीमा २० रहेको र पाँच वेपत्ता भएको उल्लेख गरिएको थियो ।  स्थानीय समयअनुसार बिहानै १ बजेतिर यो प्राकृतिक प्रकोपको घटना भएको बताइएको छ । कार्यालयका प्रवक्ता राडित्य जातीले जानकारी दिए ।

बाढी पहिरोका कारण दर्जनौं घरसहित भौतिक संरचनामा क्षति पुगेको प्रारम्भिक विवरणहरूमा जनाइएको छ । घटनामा परी घाइते भएकालाई स्थानीय अस्पतालमा उपचार गराइएको प्रवक्ता जातिद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ । 

यसैबीच, इन्डोनेसियाको पश्चिम जाभाको समुद्री क्षेत्रमा शनिबार साँझ एउटा माछा मार्ने डुङ्गा ठूलो पानीजहाजमा ठोक्किएर भएको दुर्घटनामा १७ जना हराइरहेका छन् । बान्डुङ उद्धार एजेन्सीका प्रवक्ता सेनी उलानडारीले १५ जनालाई उद्धार गरिएको र हराइरहेका अरु १७ जनाको खोजीकार्य जारी रहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप