संसद बैठकअघि सभामुख र प्रमुख सचेतकहरुबीच छलफल हुँदै
प्रतिनिधिसभा बैठक आज दिउँसो १ बजे बस्दैछ । बैठकअघि सभामुख अग्नि सापकोटाले सवा १२ बजे प्रमुख राजनीतिक दलका प्रमुख सचेतक र सचेतकहरुसँग छलफल गर्ने तयारी गरेका छन् ।
प्रत्येक बैठकअघि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्न नसक्दा सभामुखले प्रमुख सचेतक तथा सचेतकहरुसँग बैठक सञ्चालनबारे सामान्य छलफल गर्ने परम्परा रहेको छ । दलका नेताहरुसँगको छलफलपछि कार्यसूचीमा उल्लेख नगरिएको विशेष समय र शून्य समयको व्यवस्था हुनसक्ने संघीय संसदका कर्मचारीहरुले बताएका छन् ।
सोमबारको बैठकमा संसदीय समिति तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक कार्यसूची पेश गर्ने सम्भावित कार्यसूची छ । त्यस्तै प्रधानमन्त्रीका तर्फबाट केपी शर्मा ओलीका तर्फबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन पेश गर्ने तय भएको छ ।
यसैगरी सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले सार्वजनिक लेखा समितिको वार्षिक प्रतिवेदन २०७७ पेश गर्ने, राज्यव्यवस्था तथा सुशासन समितिका सभापति शशी श्रेष्ठले संघीय निजामति सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन २०७७ पेश गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसदका महासचिव डा. भरतराज गौतमले जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुन्न र बोल्न नसके पनि बनाउँछन् सुन्दर गहना
-
नुनपानीले अनुहार धुँदा छालालाई फाइदा गर्छ वा बेफाइदा ?
-
क्रिस्टियानो रोनाल्डोको विश्वकपबाट बिदाइपछि पोर्चुगललाई अर्बौँ डलरको आर्थिक झट्काको चेतावनी
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण