लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय
सोमबार, २३ चैत २०७७, १८ : १६

बुटवल । लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ । मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध माओवादी, कांग्रेस र जसपाले अविश्वासको प्रस्ताव ल्याउन सांसदहरूको हस्ताक्षर संकलन गरेको अवस्थामा प्रदेश सरकारले प्रदेशसभाको अधिवेशन अन्त्य गर्ने निर्णय गरेको हो ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले अधिवेशन अन्त्य गर्ने निर्णय गर्र्दै प्रदेश प्रमुख धर्मनाथ यादवलाई सिफारिस गरेको छ । मन्त्रिपरिषदको बैठकपछि अधिवेशन अन्त्य निर्णय गरेको सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले रातोपाटीलाई जानकारी दिए । मन्त्री चाैधरीले बिजनेस नभएका कारण प्रदेशसभाको अधिवेशन अन्त्य गर्नु गरेको बताए । आजकै बैठकले करसम्बन्धी निर्णय पनि पारित गरेको छ । मंगलबार राति १२ बजेदेखि बैठक अन्त्य हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन : चित्र बहादुर केसी
-
फरक मत व्यवस्थापन गर्न नसक्दा माओवादीमा शृङ्खलाबद्ध टुटफुट
-
कुलेखानी तेस्रो जलविद्युत आयोजनाको युनिटमा समस्या
-
भारतमा रहेका नेपालीहरूलाई सुरक्षा सम्बन्धी निर्देशन पालना गर्न दूतावासको आग्रह
-
अखिल (क्रान्तिकारी) आरआर क्याम्पस इकाइका पदाधिकारीद्वारा केन्द्रीय सचिव र इकाइ अध्यक्षलाई कारबाहीको माग
-
मकवानपुरमा शैक्षिक सम्मेलन हुँदै