अभिनेत्री भुमि कोरोना संक्रमित
मुम्बई । बलिउड अभिनेत्री भुमि पेडनेकर कोरोना संक्रमित भएकी छन् । भुमिले आफु कोरोना संक्रमित भएको जानकारी इस्टामार्फत सार्वजनिक गरेकी हुन् । ‘म आराम महसुस गरिरहेकी छु । हल्का लक्षण देखिएको छ । डाक्टरको टचमा रहँदै सावधानी अपनाइरहेकी छु’ उनले लेखेकी छन् ‘यदि तपाई मेरो सम्पर्कमा आउनुभएको भए तुरुन्त टेष्ट गर्नुस् ।’ भिटामिन सी र खाना राम्रोसँग खाएर आफुलाई खुसी समेत राखेको बताएकी भुमिले अहिलेको परिस्थितिलाई हल्का रुपमा नलिन सबैमा अनुरोध समेत गरेकी छन् ।
उनले अगाडि भनेकी छन् ‘मैले सबै सावधानी अपनाएको थिए । तर पनि कोरोना संक्रमित भए । माक्स लगाउनुस्, आफ्नो हात धोइ रहनुस् ।’ कामको कुरो गर्ने हो भने भुमिको फिल्म दुर्गामती हालै रिलिज भएको थियो । जसमा रहेको उनको अभिनयले तारिफ पाएको थियो । उनी अब छिट्टै फिल्म ‘बधाई हो’ मा समेत देखिँदैछन् । फिल्मको सुटिङ हालै उनले पुरा गरेकी छन् । फिल्ममा उनको साथमा राजकुमार रावको समेत अभिनय छ । भुमि अगाडि बलिउडमा अक्षयकुमार, गोविन्दा, आलिया भट्ट, फत्तिमा सना शेखलगायतका थुप्रै कलाकारमा कोरोना संक्रमित पाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफ सकिँदा बेल्जियम १–० ले पछाडि, सेनेगलको अग्रता कायमै
-
२४ औँ मिनेटमा हबिब डियाराको गोल, बेल्जियमविरुद्ध सेनेगल १–० ले अघि
-
एउटै खेलबाट पेलेका दुई ऐतिहासिक कीर्तिमान तोड्दै ह्यारी केनले रचे इतिहास
-
जुलियन अल्भारेज अनुबन्ध गर्न बार्सिलोनाको दाउ, रोक्नका लागि एथलेटिको म्याड्रिडको कडा अडान
-
अन्तिम १६ का लागि बेल्जियम र सेनेगल भिड्दै, यस्तो छ दुवै टोलीको समूह चरणको यात्रा
-
इतिहास रच्दै विश्वकपबाट बाहिरियो कंगो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण