विपिन लिएर ‘विवेक’ बनाउँदै माधव
काठमाडौं । ‘लुट’ फिल्मका निर्माता माधव वाग्लेले फिल्म ‘विवेक’ बनाउने भएका छन् । अभिनेता विपिन कार्की र अभिनेत्री स्वस्तिमा खड्कालाई लिएर उनले यो फिल्म बनाउन लागेका हुन् ।
प्रिन्सेस मुभिजको ब्यानरमा निर्माण हुने फिल्मका लागि विपिन र स्वस्तिमा फाइनल भएका छन् । फिल्मको अन्य पात्र अडिसनबाट छान्ने सोच आफ्नो निर्माता माधव वाग्लेले बताए ।
फिल्मको निर्देशन पनि माधवले नै गर्न लागेका हुन् । मंगलबार सामाजिक सञ्जालबाट उनले फिल्मको एक पोस्टर सार्वजनिक गर्दै फिल्मको जानकारी दिएका हुन् । सार्वजनिक पोस्टरमा विपिनलाई देख्न सकिन्छ । पोस्टर मार्फत् फिल्मका लागि कलाकार समेत आह्वान गरिएको छ ।
फिल्मको अहिले लेखन कार्य भैरहेको छ । यसको लेखन लोकनाथ कोइरालाले गरिरहेका छन् । तराई भेगमा छायाँकन हुन फिल्म नेपाली, मैथिली र भोजपुरी गरेर तीन भाषामा निर्माण हुने निर्माण युनिटले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
-
तनावबिच अमेरिका–रुस अन्तरिक्ष सहकार्य जारी
-
सन् २०२९ मा युरोपेली सङ्घको जनसङ्ख्या उच्च विन्दुमा पुग्ने, त्यसपछि घट्ने प्रक्षेपण
-
सार्वजनिक खरिद ऐन संशोधनले पूर्वाधार विकासलाई गति दिने विश्वास
-
विभिन्न ठाउँमा चोरी गर्ने गिरोह पक्राउ, सुनचाँदीका गहना, ड्रोन र नगद बरामद
-
युक्रेनद्वारा पाँच रुसी ब्यालिस्टिक क्षेप्यास्त्र खसालिएको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण