रात्रीकालीन व्यवसाय ९ बजेपछि बन्द गर्न सरकारको आग्रह
बुधबार, २५ चैत २०७७, १८ : ३२
काठमाडौं । सरकारले रात्रीकालीन व्यवसाय राती ९ बजेपछि बन्द गर्न आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज एक सूचना जारी गर्दै रात्रीकालीन व्यवसाय र रेष्टुरेण्टहरू ९ बजेपनि बन्द गर्न आग्रह गरेको हो । कोरोना संक्रमण नियन्त्रणका लागि जनस्वास्थ्य मापदण्डको उल्ल.घन बढेको भन्दै मन्त्रालयले रात्रीकालीन व्यवसाय बन्द गर्न आग्रह गरेको छ ।
मन्त्रालयले काठमाडौं लगायतका शहरहरुमा कोरोना संक्रमण दर बढ्ने क्रममा रहेको दाबी गर्दै शैक्षिक संस्थाहरु र अन्य भीडभाड हुने ठाउँमा सतर्कता अप्नाउन आग्रह गरेको छ । जारी सूचनामा भीडभाड हुने स्थान सिनेमा हल, स्वीमिङ पुल, मन्दिर लगायतका क्षेत्रमा उच्च सतर्कता अपनाउन आह्वान गरेको छ । मन्त्रालयले विदेशबाट आउनेहरुका लागि अनिवार्य क्वारेन्टिनमा राख्न समेत आग्रह गरेको छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
-
फेवाताल किनारमा नकुहिने फोहोरको डङ्गुर (तस्बिरहरू)
-
मौन आँसुको जिम्मेवारी
-
प्राकृतिक स्रोत साधन संरक्षण र राष्ट्रियकरण गर्नुपर्ने अवधारणा बीपीको : गगन थापा
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण