नक्कली भ्याट बिल प्रयोग गरेर राजस्व छली गर्ने शाहविरुद्ध ५ करोडको मुद्दा
झुट्टा तथा नक्कली मूल्य अभिवृद्धि कर बिल प्रयोग गरेर राजस्व छली गर्ने पर्साका प्रवीन्द्र शाह गोढविरुद्ध पाटन उच्च अदालतमा मुद्दा दायर भएको छ । राजस्व अनुसन्धान विभागले उनलाई ५ करोड २९ लाख रुपैयाँ बिगो असुली गरी जरिवाना र कैद माग दावीसहित उच्च अदालतमा मुद्दा दायर गरेको हो ।
अभिनास इन्टरनेशनल प्रालिको सञ्चालक समेत रहेका उनले लामो समयदेखि मालवस्तु खरिद तथा आयात नगरी झुट्टा खरिद देखाई विभिन्न फर्महरुलाई बिल बिजक जारी गरी ती फर्महरुबाट लिएको रकमको मूल्य अभिवृद्धि करसमेत सरकारलाई नबुझेकोले उनी विरुद्ध मुद्दा दायर गरिएको विभागले जनाएको छ ।
एक करोड ८९ लाख रुपैयाँ, आयकर तर्फ २ करोड ९७ लाख रुपैयाँ र लाभांश करतर्फ ४३ लाख २६ हजार रुपैयाँ राजस्व चुहावट गरेको आरोप छ । उनले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ३ ले निषेधित एवं सोही ऐनको दफा ४ को खण्ड (क), (ख), र (छ) बमोजिम कसुर गरी मूल्य अभिवृद्धि करतर्फ एक करोड ८९ लाख रुपैयाँ, आयकर तर्फ २ करोड ९७ लाख रुपैयाँ र लाभांश करतर्फ ४३ लाख २६ हजार रुपैयाँ राजस्व चुहावट गरेको अनुसन्धानबाट खुलेको छ ।
साथै, उनीसँगै उक्त फर्मका बैङ्क खाता सञ्चालक जाबिर अन्सारीविरुद्ध पनि मुद्दा दायर भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
-
तनावबिच अमेरिका–रुस अन्तरिक्ष सहकार्य जारी
-
सन् २०२९ मा युरोपेली सङ्घको जनसङ्ख्या उच्च विन्दुमा पुग्ने, त्यसपछि घट्ने प्रक्षेपण
-
सार्वजनिक खरिद ऐन संशोधनले पूर्वाधार विकासलाई गति दिने विश्वास
-
विभिन्न ठाउँमा चोरी गर्ने गिरोह पक्राउ, सुनचाँदीका गहना, ड्रोन र नगद बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण