भारतको मध्यप्रदेशमा शुक्रबार बेलुका ६ बजेदेखि सोमबार बिहान ६ बजेसम्म लकडाउन
बिहीबार, २६ चैत २०७७, १४ : ०५
भारतको मध्यप्रदेशको सबै शहरमा शनिबार–आइतबार दुई दिन लकडाउन घोषणा गरिएको छ । मुख्यमन्त्री शिवराज सिंह चौहानले बिहिबार नै यसबारे घोषणा गरेका हुन् । चौहानले यो लकडाउन शुक्रबार बेलुका ६ बजेदेखि सोमबार बिहान ६ बजेसम्म अर्थात् ६० घण्टाको हुने जानकारी दिए । सरकारको यो निर्णय मध्यप्रदेशको सबै साना–ठूला शहरमा लागू हुनेछ । हालसम्म यहाँका १३ शहरमा एकदिनको आइतबार लकडाउन लागू थियो ।
एकदिन अघि मात्रै मध्यप्रदेशको सबै शहरमा नाइट कर्फ्यूको घोषणा गरिएको थियो । तर बुधबार २४ घण्टामा रेकर्डस्तर ४३२४ कोरोना बिरामी भेटिएपछि सरकारले शनिबार–आइतबार लकडाउनको घोषणा गरेको हो । यसबारे घोषणा गर्दै मुख्यमन्त्रीले उनको उद्देश्य कहिल्यै पनि लकडाउनको नभएको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा पारिवारिक विवादले लियो श्रीमान्–श्रीमतीकाे ज्यान
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण